सप्तकोशी डेभलपमेन्ट बैंकको मुनाफा ३३ प्रतिशतले वृद्धि


 


काठमाडौं, माघ ११

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा १ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा नाफा ३३ दशमलव ८६ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा नाफा १ करोड ९ लाख रुपैयाँ कमाएको थियो ।

५० करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ४ करोड ७८ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा १ अर्ब ५५ करोड ४१ लाख रुपैयाँ संकलन गरी कर्जामा १ अर्ब ४६ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ ।

जसले खुद व्याज आम्दानीमा ४२ दशमलव ५ प्रतिशतले बढेर ५ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा ४३ दशमलव ४७ प्रतिशतले बढेर ३३ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निष्कृय कर्जा १ दशमलव ३१ प्रतिशत, जोखिम युक्त सम्पत्ति ३१ दशमलव ८३ प्रतिशत, प्रतिशेयर आम्दानी २ दशमलव ८७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १०९ दशमलव ४१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४२ दशमलव १२ गुणा र तरलता अनुपात ३९ दशमलव ३४ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्