मनोहर जनताले स्वर्ण महोत्सव भव्यताका साथ मनाउने


 


उर्लाबारी, माघ १३

मोरङको मिक्लाजुङ गाउँपालिका–७ स्थित मनोहर जनता माध्यमिक विद्यालयको स्वर्ण महोत्सव भब्यताका साथ मनाइने भएको छ ।
विद्यालयले आज पत्रकार सम्मेलन गरी स्वर्ण महोत्सवका बारेमा जानकारी गराएको हो ।

माघ २० गतदेखि २६ गतेसम्म स्वर्ण महोत्सव विविध कार्यक्रमका साथ मनाइने मूल आयोजक समितिका अध्यक्ष भक्तिप्रसाद लुईटेलले जानकारी दिनुभयो । स्वर्ण महोत्सवमा खेलकुद, अतिरिक्त क्रियाकलाप, सम्मानसहित माघ २६ गते समापन हुने विद्यालयका प्रधानाध्यापक लिालानाथ भण्डारीले बताउनुभयो । समापन कार्यक्रममा प्रदेश नं. १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रमुख अतिथि रहने उहाँको भनाई छ ।

उद्घाटन कार्यक्रम मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देबीप्रसाद आचार्य, माघ २४ गते प्रतिनिधिसभाका सांसद घनश्याम खतिवडा, २५ गते प्रदेशसभाका सांसद कुलप्रसाद साम्बा लिम्बू प्रमुख अतिथिका रुपमा आउने विद्यालयले जनाएको छ ।

२०२३ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा १२ सम्म अध्ययन हुँदै आएको छ । विद्यालयमा ५ सय ६२ जना विद्यार्थी अध्ययरत छन् ।

प्रकाशित मिति: १३ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्