कलेजोको रोग र यसबाट बच्ने उपाय


 


प्रो.डा. संजय सिंह नेगी

हाम्रो कलेजोमा जब बोसो जम्मा भएर जान्छ त्यो स्थितिलाई पैmटी कलेजो (लिवर) भनिन्छ । यसलाई यसरी बुझ्न सकिन्छ की, जसरी मोटोपन हुनाले हाम्रो शरीरको बाँकी भागमा बोसो बढ्छ । ठिक कलेजोद्वारा शरीरमा ब्लड सुगर, विसैलो तत्व र कोलेस्ट्रोलको स्तर नियमित हुन्छ । कलेजोले नै बोसोलाई पगालेर वाइलको ….. गर्दछ तर धेरै बोसो थिग्रनको कारणले पैmटी लिवरको समस्या हुन्छ । देशको ३०५ %  यस समस्याको पीडित हुँदैछ । जान्नुस यसलाई ।

त्यसैगरी हाम्रो कलेजोमा पनि बोसो जम्मा हुन शुरु गर्दछ । यसको कारणले कलेजोमा एकिकृत भएको बोसो कलेजो (पैटी लिवर) ले सामान्य सेल्सहरुलाई नष्ट गर्न शुरु गर्दछ, सामान्य सेल्सहरु बिस्तारै नष्ट हुँदैजान्छ, अनि कलेजोमा बोसो जम्मा हुन्छ, जसको कारणले कलेजोको विरामी भइन्छ । यो स्थिति पछि गएर हेपाटाइटिस, सिरोसिस, फाइब्रोसिस वा कैंसरमा परिणत हुन्छ ।

कारण/जोखिम कारण

– विरामीको मुख्य समस्या मोटोपन हो ।
– डायबिटीज वा थाइराइड हुनेलाई पनि कलेजोमा बोसो (पैmटी लिवर) हुन्सक्छ ।

किसिम

पैmटी लिवर (कलेजोमा बोसा) एउटै प्रकारको हुन्छ, त यसको तीन अवस्था हुन्छ नैश, ऐश र कैश । मोटोपनले गर्दा हुने पैmटी लिवरलाई नैंश भनिन्छ, मतलव नाँन अल्कोहलीक स्टेंट अफ हेपाटाइटिस । यसकै अर्को अवस्थालाई ऐश, मतलव अल्कोहलीक स्टेण्ट अफ हेपाटाइटिस भनिन्छ । तेस्रो अवस्था त्यो व्यक्तिहरुलाई हुन्छ जसलाई कैंसर भएको र कीमोथेरापी उपचार गराई राखेका हुन्छन् । यस प्रकारको उपचार गराउनेहरुको कलेजो बिग्रिसकेको हुन्छ र त्यसमा (कलेजो) बोसो जम्मा हुन शुरु गरिसकेको हुन्छ, यस अवस्थालाई कैश भनिन्छ ।

लक्षणः

साधारणतया एशियालीहरुमा पैmटी लिवरको शुरुको लक्षण थाहा पाइदैंन् । साधारणतया, कलेजोको सवैभन्दा राम्रो र नराम्रो कुरा भनेको कलेजो ८०५ क्षतिग्रस्त नभएसम्म, लक्षणहरु देखिंदैन । जब लक्षणहरु देखिन थाल्छ, त्यतिखेर धेरै ढिला भइसकेको हुन्छ र पैmटी लिवरको कारणले अरु रोगहरु लगि सकेको हुन्छ । धेरैजसो विरामीहरुमा पैmटी लिवर छ÷छैन भन्ने कुरा त्यतिखेर मात्र थाहा हुन्छ, जब सिरोसिस भइसकेको हुन्छ ।

त्यसैगरी जन्डिस, खाना नरुच्ने, आमायमा पानी जम्नु आदि पैmटी लिवरको लक्षण हुन् । जब पैmटी लिवर चरम सिमामा पुग्छ तव विरामीको मस्तिष्कमा पनि असर गर्दछ । जसको कारणले विरामी आफ्नो होश गुमाउन थाल्छ । विरामीलाई रगत वान्ता हुन् थाल्छ ।

विरामीको पहिलो अवस्थामा नै लिवर (कलेजो)मा बोसो जम्मा हुनजान्छ । दोस्रो अवस्थामा कलेजो सुनिन्छ । यस अवस्थालाई हेपाटाइटिस भनिन्छ । तेस्रो या अन्तिम अवस्था भनेको फाइट्रोसिर वा सिरोसिस हो । यो अवस्था तव आउँछ जव धेरैजसो नर्मल कलेजोको सेल्सहरुले काम गर्न छाड्न् र पैmटी टिस्युमा परिवर्तन हुनजान्छ । जसरी चोट लागेमा हाम्रो अनुहारमा दाग देखिन जान्छ, त्यसैगरी कलेजोमा पनि दाग देखिन शुरु हुन्छ ।

जब कलेजोको नर्म सेल्सले काम गर्न छाड्छ, तब कलेजो आपैंmले पुनः नयाँ कलेजो वा पुनविकसीत हुन शुरु गर्दछ । कलोजोको विशिष्ट गुण हुँदैछ कि कलेजो आपैmले आफ्नो पुनविकसीत गर्न सक्ने क्षमता हुँदैछ । यो गुण हाम्रो शरीरको कुनै पनि अंगसँग हुँदैन । जब अधिकांस सेल्सहरु खत्तम हुन्छन् । तब बाँकी रहेको सेल्स, आपैmले फेरी विकसित हुन् कोशिश गर्दछन् । यस्तो परिस्थितिमा कलेजोको सेल्समा अनियन्त्रित बृद्धि वा धेरै विकसित हुन शुरु हुन्छ र सेल्स अत्याधिक विकसित भएमा कैंसर जस्तो रोगमा परिणत हुन्छ ।

जाँच/उपचार

पैmटी लिवरको जाँच दुई किसिमबाट हुन्छ । नन् इन्पेसीव जाँच÷इन्पेसीव जाँच । नन् इन्पेसीव जाँच भनेको रुटीन चेकअप गरिन्छ । यदि पैmटी लिवर एड्वान्स स्टेजमा छ भने, रोगीको कलेजो फाइब्रोसिस भएको बुझिन्छ र यस स्थितिमा रोगीको फाइब्रोस्क्यान गरिन्छ । इन्पैसीव टेस्टमा लिवर बायोप्सी गरिन्छ । यो जाँच अन्तिम जाँच (परीक्षण) हो । यो टेस्टको लागि कलेजोमा सुईं हालिन्छ । र कलेजो मासुको टुक्राको परीक्षण गरिन्छ । विरामीलाई मोटोपन घटाउन पर्नेहुन्छ । यदि डायविटिज छ भने त्यसलाई रोकथाम गर्न जरुरी पर्दछ । थायरोड भएमा रोकथाम गर्नुपर्दछ । त्यसपछि औषधि दिने गरिन्छ

डा. सञ्जय सिंह नेगी BLK सुपर स्पेशियलिटी अस्पताल नयाँ दिल्लीमा Hepato Pancreatic Biliary सर्जरी र कलेजो प्रत्यारोपणका निर्देशक हुन्। प्हिला नेगीले अतिरिक्त प्राध्यापकको रुपमा कलेजो र वाइलरी विज्ञान संस्थानमा नयाँ दिल्लीमा काम गरे जहाँ उहाँले सफल कलेजो प्रत्यारोपण मात्र गरेनन् बरु भारतको चिकित्सा परिषदद्वारा मान्यता प्राप्त ःऋज् डिग्री पाठ्यक्रम शुरु गरे ।

उहाँको सफल र उत्कृष्ट कामको कारणले आमन्त्रित वक्ताको रुपमा विभिन्न सभाहरुमा सहभागी हुनुका साथै सम्पादकीय वोर्डको सदस्यको रुपमा रहनुभएको छ । उहाँका लेख, रचनाहरु अन्तर्राष्ट्रिय अखवारहरुमा छापिनुका साथै कलेजो प्रत्यारोपण सम्बन्धी एक समिक्षक पनि हुनुहुन्छ । उहाँको योगदानलाई कदर गर्दै युरोपेली संगठनको प्रत्यारोपण सर्जरीमा मानार्थ उपाधीबाट सम्मान गरेको छ ।

उहाँलाई युरोपेली सर्जरीको सहयोगमा कामको कदर गर्दै ज्एद्य सर्जरीमा अन्तर्राष्ट्रिय ज्भउबतय एबलअचभबतष्अ तय – द्यष्ष्बिचथ सर्जरी संगठन र युरोपेली सर्जरी वोर्डबाट पुरस्कृत गरिएको थियो । नेगी यस्तो पुरस्कार पाउने पहिलो भारतीय नागरिक हुन्। उहाँलाई अमेरिकी कलेजको विद्धदवृति पुरस्कारबाट सम्मान गरिएको छ ।

प्रकाशित मिति: १७ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्