जेष्ठनागरिकलाई दिएको वचन पूरा गरेको खोई ? प्रधानमन्त्री ओलीज्यु


 


भरत अधिकारी नेपाली जनताले समय–परिस्थितिअनुसार ठूला पार्टीहरूलाई बहुमतको सरकार चलाउन दिएकै थिए । सन्तोषजनक जनमुखी कुनै कसैको सरकारबाट पनि जनचाहनाअनुसारको सरकार चल्न सकेन । अन्तमा आई दशैँको मुखमा अचानक वाम एकता हुने घोषणा गरियो ओली र प्रचण्ड दुबैबाट । तत्पश्चात् एकता पनि भयो वाम एक भई ।

चुनावअगाडि वाम नेताहरूबाट मीठा–मीठा सपनाहरू देखाउनुको साथै वृद्धभत्ता पाँच हजार पुऱ्याइदिने घोषणासमेत गरेको हुँदा, एमाले मित्रहरूको भनाइअनुसार वामएकताको ओली सरकारबाट केही होला नै भन्ने विश्वास लिई तमाम जनता र खासगरी वृद्धवृद्धाको मतबाट नै बहुमतको सरकार बन्न पुग्यो । शान्ति प्रक्रियालाई विकसित गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थापक गर्नुपर्ने सरकारको पहिलो कर्तव्य नै थियो । स्पष्ट बहुमतको साथै दुईतिहाइको सरकारले अगाडि गरेको सम्झौता तथा पार्टीको नीति सिद्धान्तअनुसार आपसी सरसल्लाहबाट सरकार चल्दै जानुपर्ने थियो । नेता नेताबीचको आपसी राजनीतिले गर्दा नै सरकार कमजोर बन्यो । प्रधानमन्त्रीजीको एकोहोरो हठवादी प्रवृत्तिले गर्दा पार्टीभित्रकै नेताहरू असन्तुष्ट हुन पुगे । यसरी असन्तुष्टि बढ्दै जानु वाम एकताकै कमजोरी हो ।

ठूला नेताहरू सत्ता पुगेपछि कामभन्दा चर्चामा आउने गरेकै थिए । उही सिको प्रधानमन्त्री ओलीले गर्नुभयो । समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिन छोडी अर्को गर्जनायुक्त नारा दिनुभएको छ– नयाँ युगको सुरुवात ! यस्तो नारा त अघि सारियो, तर पहिला आफूले दिएको बोली वचनलाई पूरा गर्दै लैजान सके मात्र नयाँ युगको प्रवेशले सफलता पाउँदै जाला ।

पहिले आफूले दिएको वचनलाई पालना गरी वृद्धवृद्धाहरूले यो पुस–माघको जाडोमा कसरी दिन बिताउलान् भन्ने सम्झी, वचन पूरा गर्न पहिलो मन्त्रिपरिषद्को बैठकबाट पाँच हजार वृद्ध भत्ता पास गराई दिनुपर्ने नै थियो । आज यदि वृद्धवृद्धाहरूले त्यो भत्ता पाउन सकेको भए, दूध भाइ खाई न्यानो ओढ्ने ओढी ओली सरकारप्रति जयजयकार गर्ने थिए । जसको प्रशंसा मिडियाले पनि गर्ने थियो र जसबाट नयाँ युगको प्रवेशको सुरुवातसमेत हुने थियो । त्यो वृद्धाभत्ता आजसम्म नपाउँदा दुखित दिन बिताइरहेछन् वृद्धवृद्धाहरूले ।

नयाँ युगबाट आफ्नो इच्छा पूरा गर्न करोडौँको खर्च गरी राजधानीका बिजुलीका खम्बापिच्छेदेखि सुनधाराका आकासेपुलमा र रत्नपार्क गणेशस्थाननेर बढेमानको आफ्नो फोटोसहितको पोस्टर राखी विज्ञापन गरी प्रचार गर्न हुने । राष्ट्रपतिलाई १८ करोडको गाडीको सिफारिस गर्न सक्ने प्रधानमन्त्रीले पाँच हजार वृद्ध भत्ता वचन दिएअनुसार किन दिन नसक्नुले सर्वत्र चासोको विषय बनेको छ ।

बीभत्स निर्मला हत्याकाण्डका दोषीहरू पत्ता लाग्छ–लाग्छ भन्दैभन्दै यत्तिका महिना बितिसक्दा पनि हत्यारा दोषी पत्ता लाग्न नसक्नु प्रेम कृष्णप्रसाद भट्टराईको सरकारको पालामै मेलम्चीको पानी आउँछ भनेको थियो । आउन सकेन । मन्त्री विना मगरले दशैँभित्रमा मेलम्चीको पानी ल्याई ख्वाउने भनेकी थिइन्, त्यो मेलम्चीको पानी आजसम्म पनि आउन नसक्नु सरकारकै कमजोरी हो ।

निर्मला हत्याकाण्डका दोषी सरकारबाट पत्ता लाग्न नसकेको अवस्था बुझी काङ्ग्रेस नेता गगन थापा, माओवादी नेता विश्वकर्माले दोषी हत्यारा पत्ता लगाउने वचनबद्धता दिएका छन् । हत्यारा पत्ता लगाउन आईजीपीसमेत कञ्चनपुर गएका छन् हत्यारा पत्ता लगाउन । हेर्दै जाऊँ हत्यारा दोषी पत्ता लाग्नु नै पर्छ, को कसकोबाट पत्ता लाग्छ भनी जनता प्रतीक्षामा छन् ।

एकनाथ ढकाल पहिलेदेखि नै क्रिश्चियन धर्म मान्दै आएका र मन्त्रीसमेत बनेका व्यक्ति हुन् । क्रिश्चियन मुलुकका क्रिश्चियन नेताहरूको दूतको काम पनि गर्दै आउँथे । उता कोरियाबाट दिएको निम्तो ल्याई माधवकुमार, प्रचण्डलाई दिन्थे, त्यो निम्तो मान्न पार्टीको मिटिङको वास्तै नगरी निम्तो मानी आउने–जाने गर्दै आएका थिए नेताहरू । तीन महिना अगाडि काठमाडौंस्थित होटेल ऱ्याडिसनमा एक बैठक बसेको थियो, एकनाथ ढकाल नेता माधवकुमार प्रधानमन्त्री ओलीदेखि प्रचण्ड, झलनाथ खनालको साथै बाक्लै नेताहरू उपस्थित थिए बैठकमा । सो बैठक मिटिङको निर्णयबाट, ढकाल, माधवकुमार नेपाल र प्रचण्डको सरसल्लाहअनुसार नै सम्मेलन गर्ने निधो गरियो । यस्तो सम्मेलन गराउन हुँदैन नगरौँ भनी नेता नारायणकाजी श्रेष्ठले सम्झाउँदासम्झाउँदै पनि त्यसको वास्तै नगरी सम्मेलन गराइयो । प्रधानमन्त्री ओलीजी आफूसमेत सम्मिलित भई सम्मेलनको लागि ५० लाख खर्चका लागि निकाशा दिई आफूसमेत सम्मेलन स्थल सोल्टी होटेलमा दुई रात बसी सम्मेलन गराइयो । विभिन्न देशका क्रिश्चियन नेताहरूको सङ्ख्या धेरै हुनुको साथै नेपालका ठूला नेतादेखि विशिष्ट व्यक्तिहरूको ठूलै भिड थियो सम्मेलनमा ।

एकनाथ ढकाल नामका शङ्कास्पद पात्रको आवरणमा इसुमाता म्याडम मुनबाट आयोजित इसाइ सम्मेलनका योजनाकार माधवकुमार नेपालदेखि कथित एसिया समिटमा सहभागी वाम नेताहरूलाई इसुमाताले होली वाइन खुवाई मन्त्र सुनाइन् । मन्त्र सुनेर मात्र हुँदैन, त्यसको प्रचारप्रसार पनि गर्नुपर्छ भनिन् माधवकुमार नेपाललाई इसुमाताले । चतुर खेलाडी प्रचण्डचाहिँ ‘जिससकी छोरीको सम्मेलन’मा दाँत दुखेको बहाना बनाएर मन्त्र सुन्न गएनछन् ।

तर, इसुमाताको मतियार रहेका माधव नेपाल यतिबेला प्रचण्डकै सहयोगी बनिरहेका छन् । ठूलो धनजनको क्षति पुऱ्याई ०६२/६३ को आन्दोलनबाट भित्रिएका प्रचण्डलाई दुईचोटि सरकार चलाउने अवस्था जनताले दिएका भए पनि सफल हुन सकेनन् । आफू असफल हुनु, अरूलाई पनि सफल हुन नदिनु उनले गर्दै आएको राजनीति हो । अब माधवकुमार, वामदेव गौतमलाई अगाडि बढाई ओली सरकारलाई असफल बनाएर जति सक्दो चाँडो सरकार हातमा लिने योजना रच्दै छन् प्रचण्ड ।

धर्मनिरपेक्षता सङ्घीयता जनताको एजेण्डा हुँदै होइन, प्रचण्ड एक मात्रको एजेण्डा हो । योभन्दा अगाडिको चुनाउमा सङ्घीयता मन नपराउने जनताले माओवादीलाई पहिलो स्थानबाट तेस्रोमा पुऱ्याइदिएकै थिए । जनता र बुद्धिजीवी राजनीतिक नेताहरूको सरसल्लाहबिना लादिएको सङ्घीयताले सफलता पाउला ? अवश्य पाउँदैन ।

पहिलोको व्यवस्थामा सरकारका टाठाबाठाले कमाई लुट्थे र धनी हुन्थे, अब यो प्रान्तीय सरकार प्रमुखदेखि टाठाबाठाले मात्र धनी बन्नेछन् । अन्तिमा ८१ प्रतिशत जनता हिन्दूवादी भएका देशमा जनमतविरोधी क्रिश्चियन सम्मेलन गराउने सरकार ठूलो कि, हिन्दूवादी ठूला भन्ने कुरोको यकिन आउने दनहरूमा क्रिश्चियन नेताहरूले बुझ्ने नै छन् । अब हुने आन्दोलनको रूपै अर्कै हुने देखिन्छ ।

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्