यी हुन् महिलामा (सेक्स ड्राइभ) कामेच्छा बढाउने ४ पोषक तत्व


 


काठमाडौं, २० माघ : सेक्स यस्तो अनुभव हो, जसले आन्तरिक रुपमा खुशी मात्र नदिई स्वास्थ्यको दृष्टिकोणले पनि निकै असरदार छ ।

सेक्स जिन्दगीको लागि निकै जरुरी छ, तर आजकल मानिसको जिन्दगीमा तनाव, चिन्ता र भागदौडले सबै कुरा खोसिसकेको छ । कपल्स (जोडी) मा सेक्स ड्राइभ (यौन सन्तुष्टिको खोज्ने प्रक्रिया) को कमी भइरहेको छ ।

अचेल यौन विशेषज्ञ कहाँ सेक्ससँग जोडिएका विभिन्न प्रश्नहरु लिएर पीडितहरु पुग्ने गरेका छन् । उनीहरुमा सेक्स चाहना कमी भएको हो या यसको भरपूर फाइदा उठाउन नसकेर हो ? धेरै यस्तै समस्याबाट पीडित छन् ।

विशेषगरी महिलामा सबैभन्दा धेरै सेक्स ड्राइभ अर्थात् कामेच्छा हुनेगर्दछ । तर बदलिँदो जीवनशैलीका कारण अब महिलामा पनि यो कम हुँदै गइरहेको छ । तर विशेषज्ञका अनुसार, निम्न ४ पोषक तत्वलाई आफ्नो आहारमा सामेल गर्ने हो भने महिलाहरुमा कामेच्छा निश्चित रुपमा बढ्दछ ।

म्याग्नेसियम मसल्सलाई रिल्याक्स गर्न मद्दत गर्दछ । डायटिसन (आहार विशेषज्ञ) सिन्डी क्लिंगरका अनुसार, म्याग्नेसियमले इन्सुलिनको मात्रालाई सन्तुलन राखेर पीसीओडी (अण्डाशय सम्बन्धी रोग) बाट टाढा राख्न सघाउँछ । यसर्थ प्रत्येक दिन म्याग्नेसियमयुक्त आहारको सेवन गर्नु जरुरी छ । प्रतिदिन कमसेकम ३ सय २० मिलिग्राम शरीरभित्र जानु जरुरी छ ।

यदि शरीरमा भिटामिन डी को कमी भयो भने हड्डीमात्र कमजोर नभई यीस्ट इन्फेक्सन, यूटीआई र वजाइनामा संक्रमण समेत हुनसक्छ । न्यू योर्ककी स्त्रीरोग विशेषज्ञ अनीता सदाती भन्छिन्, भिटामिन डी एन्टीमाइक्रोबियल कम्पाउन्ड्स (सूक्ष्मजीवनिवारक यौगिक) को उत्पादनलाई पुनर्जीवित गर्दछ ।

यो सुपरफुड प्लान्टमा क्याल्सियम, म्याग्नेसियमर भिटामिन पनि पाइन्छ र यसलाई यौन सम्बन्धी रोगको रामवाण नै मानिन्छ । यो सखरखण्डाजस्तै आकारमा हुने गर्दछ । यसमा हुने तत्वले स्ट्रेस हर्माेनको तत्वलाई कम गर्न मद्दत गर्दछ । खाशमा यही स्ट्रेस हर्माेनले सेक्स हर्माेनलाई बिस्तारै जडबाट नै समाप्त पार्दछ । प्रत्येक दिन बिहान एक चम्चा यसको पाउडर आफ्नो आहारमा सामेल गर्नुस् । यसले निश्चय नै फर्क नतिजा दिन थाल्नेछ ।

फाइबरले शरीरबाट एस्ट्रोजनलाई अत्याधिक मात्रामा निकाल्न मद्दत गर्दछ । यसले हार्माेन पीएमएस (प्रागार्तव) पनि कम गर्नमा सघाउँछ । यी पोषक तत्वको अलावा सेक्स उत्तेजना बढाउने आहारको सेवन गरेर कामेच्छा बढाउन सकिन्छ ।

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्