इतिहास रच्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै


 


काठमाण्डौ माघ २१
संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको एकदिवशीय र टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै छ ।

ऐतिहासिक सिरिज कब्जा गर्न सफल नेपाली टोली सोमबार अपरान्ह नेपाल आईपुग्ने कार्यतालिका रहेको नेपाली राष्ट्रिय टोलीका टिम व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिएका छन् । नेपाली टोली फ्लाई दुबई विमानबाट अपरान्ह ३ः२० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने छ ।

घरेलु टोली यूएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र टी–२० सिरिज समान २–१ ले जितेको थियो । दुवै सिरिजको सुरुवाती खेल गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई सिरिज आफ्नो बनाउँदै इतिहास रचेको थियो । नेपालले पहिलो पटक एकदिवसीय र टी–२० सिरिज जीतेको थियो ।

आईसीसीबाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि नेपालले युएईविरुद्ध दोस्रो एकदिवसीय सिरिज खेलेको हो । यस्तै नेपालले दुई खेलको टी–२० सिरिजपछि पहिलो पटक टी–२० सिरिजमा कब्जा जमाउन सफल भएको हो ।

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्