यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरिज जितेको नेपाली टिम आज स्वदेश फर्किदै


 


काठमाण्डौँ, माघ २१

यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरिज जितेको नेपाली क्रिकेट टिम आज स्वदेश फिर्ता हुने भएको छ । २ साताअघि तीन वटा एक दिवसीय र तीन वटा टी–२० सिरिज खेल्न गएको नेपाली टोली दुवै सिरिज २–१ ले जितेर फर्कन लागेको हो ।

नेपाली क्रिकेट टिम आज अपरान्ह साढे ३ बजे काठमाण्डौ आइपुग्नेछ । नेपालले सिरिज जित्दा ऐतिहासिक सफलता प्राप्त गरेको छ । आईसीसीले ४ वर्षलाई एक दिवसीय मान्यता दिएपछि दोस्रो सिरिज खेलेको नेपालले उपाधि नै हात पार्न सफल भयो । पहिलो सिरिजमा पनि नेपाल पराजित भएको थिएन । नेपाले पहिलो सिरिजमा नेदरल्याण्ड्ससँग खेल्दा बराबरीमा फर्किएको थियो ।

यस पटक एक दिवसीय र टी–२० का सुरुका खेल हारेपनि लगातार दुई–दुई खेल जित्दै सिरिज नै आफ्नो पोल्टामा पार्न सफल भयो । पारस खड्काको कप्तानीमा रहेको नेपाली टिमलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी गरिएको छ ।

नेपाली टिमका खेलाडी सन्दीप लामिछाने भने नेपाल नआउने जनाइएको छ । उनी अष्ट्रेलियामा जारी बिग ब्याश लिग खेल्न यूएईबाट उतै जानेछन् ।

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्