यूएईबिरुद्धका दुवै सिरिज जितेपछि नेपाली क्रिकेट टोलीलाई बधाईको ओइरो


 


काठमाडौं माघ २१
यूएईबिरुद्धको एक दिवशीय र टी २० सिरिज जितेपछि नेपाली क्रिकेट टोलीलाई बधाई दिनेको होडबाजी नै चलेको छ । नेतादेखि अभिनेताले सामाजिक सञ्जालबाट वधाईको ओइरो लगाएका छन् । यूएईबिरुद्ध नेपालले सिरिज मात्र जितेको छैन, इतिहास पनि कायम गरेको छ ।
कप्तान पारस खड्काले एकदिवशीय खेलको पहिलो शतक बनाए भने रोहित कुमारले दुनियाँका मास्टरब्लास्टर मानिने भारतीय क्रिकेटर सचिन तेन्दुलकर र पाकिस्तानी क्रिकेटर साहेद अफिदीका नाममा रहेका रेकर्ड ब्रेक गरेका छन् । एक दिवशीय खेलमा सवैभन्दा कम उम्मेरमा अर्धशतक बनाउने रेकर्ड नेपालका रोहितकुमार पौडेलको नाममा गएको छ ।

त्यसैगरी टी २० मा सवैभन्दा कम उम्मेरमा अर्धशतक बनाउने विश्व रेकर्ड पनि नेपाली खेलाडीकै नाममा आएको छ । सन्दीप जोराले सवैभन्दा कम उम्मेरमा अर्धशतक बनाउने खेलाडीका रुपमा आफ्नो नाम दर्ज गरेका छन् । केही इतिहास बनेपछि र दुवै सिरिज नेपालको कब्जामा परेपछि उपराष्टपति नन्दबहादुर पुनले सामाजिक सञ्जालबाट बधाई दिएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका नेता गगन थापा, नेकपा नेता भीम रावलले पनि सामाजिक सञ्जालबाट बधाई दिएका छन् । कप्तान पारस खड्का र सन्दीप लामिछानेले पनि सामाजिक सञ्जालबाट खुसीयाली मनाएका छन् । उनीहरुले यूएई सिरिज नेपाल क्रिकेटका लागि सम्झना लायक दिन भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्