नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा रातो कार्पेट


 


काठमाण्डौँ, माघ २१

यूएईविरुद्ध ऐतिहासिक एक दिवसीय र टी–२० सिरिज जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। युएई भ्रमणमा नेपालले तीन वटा एक दिवसीय र तीन वटा टी–२० सिरिज खेलेको थियो। नेपाली टोली दुवै सिरिज २–१ ले जितेर ऐतिहासिक सफलतासहित नेपाल फर्किएको हो।

पारस खड्कको कप्तानीमा रहेको नेपाली टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषदले रातो कार्पेट ‌ओछ्याएर स्वागत गरेको छ।

आईसीसीले ४ वर्षलाई एक दिवसीय मान्यता दिएपछि नेपाल दोस्रो सिरिज खेल्ने क्रममा युएई पुगेको थियो। यसअघि नेपालले पहिलो सिरिज नेदरल्याण्ड्ससँग खेल्दा बराबरीमा रोकिएको थियो। यस पटक एक दिवसीय र टी–२० का सुरूका खेल हारे पनि लगातार दुई खेल जित्दै सिरिज नै कव्जा गरेको थियो।

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्