चैत १ मा रिलिज हुने ‘पुरानो बुलेट’को फस्टलुक


 


चैत्र १ गतेलाई प्रदर्शन मिति तोकिएको नेपाली चलचित्र ‘पुरानो बुलेट’को फस्टलुक सार्वजानिक गरिएको छ । भिषण राइको निर्देशनमा बनेको चलचित्रमा अनुप विक्रम शाही, बर्षा सिवाकोटी र माला लिम्बुको मुख्य भूमिका रहेको छ ।

फस्टलुकमा नायिका बर्षा शिवाकोटीलाई गाउँले भेषमा प्रस्तुत गरिएको छ । यस्तै माला लिम्बुलाई बोल्ड भूमिकामा देखाइएको छ । चलचित्रमा अनुप र बर्षा गाउँले भूमिकामा देखिएका छन् भने मालालाई शहरिया युवतीको भूमिकामा देखाइएको छ । चलचित्रको कथा, पटकथा तथा लेखन सन्तोष राई र निर्देशक भीषण राईले गरेका हुन् ।

सन्तोष यो चलचित्रका कार्यकारी निर्माता पनि हुन् । चलचित्रमा अशोककुमार राई, दिपेन्द्र लिम्बु, विरेन साम्बा, टिकाराम राइको लगानी छ । पूर्वी नेपालको कथा र ठेट शब्दलाई यास चलचिलत्रमा उतारिएको कथा/कार्यकारी निर्माता सन्तोष राईको भनाइ छ ।

प्रकाशित मिति: २३ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्