ओली सरकारको अर्को प्रगती : विराटनगरबाटै श्रम स्वीकृती दिन शुरु


 


विराटनगर, माघ २३

श्रम कार्यालय बिराटनगरबाट श्रम स्वीकृती दिन शुरु भएको छ । आज श्रम कार्यालय बिराटनगरले पहिलो सेवाग्राहीलाई श्रम स्वीकृत प्रदान गर्न थालेको हो ।

धनकुटा चौबिसे गाउँपालिका वडा नम्बर ५ बोधेका विजय खड्कालाई विराटनगरबाट पहिलो श्रम स्वीकृत प्रदान गरिएको हो । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले खड्कालाई कतारको लागि श्रम स्वीकृत प्रदान गरेका हुन् ।

उनी यस अघि कतारममै बैदेशिक रोजगारीका लागि गएका हुन् । तीन महिनाको विदामा उनी घरमा आएकोमा फर्कने क्रममा उनले बिराटनगरबाट पहिलो श्रम स्वीकृत प्राप्त गरेका हुन् । उनले श्रम स्वीकृत प्राप्त गरेसँगै आफुलाई खुसी लागेको बताएका छन् ।

उनले काठमाडौँमा गएर श्रम स्वीकृत लिनको लागि निक्कै समय लाग्ने र झण्झटिलाले हुने गरेको सुनाउनुभयो । खड्का जस्ता धेरै श्रम स्वीकृतिको लागि बिराटनगरमा रहेको श्रम कार्यालयमा आउन थालेका छन् ।

श्रम गर्नका लागि काठमाण्डौँ जानुपर्ने बाध्यता हटेको र सरकारले सुरु गरेको यो काम निकै सराहनिय भएको श्रम गर्न पुगेका मोरङ रतुवामाई नगरपालिका – ८ इटहरा बजारका कृष्ण घिमिरेले बताउनुभयो ।दोस्रो सेवाग्राही बनेका घिमिरे लेबनानबाट छुट्टीमा भर्खरै घर आएका हुन् । उनी चैतमा पुन : लेबनान जानेछन् ।

पहिलो चरणमा नै श्रम स्वकृती प्रदान गर्ने भनिएको बिराटनगर श्रम कार्यालयमा बिभिन्न कारण देखिउँदै मन्त्रालयले पोखरा र बुटवलबाट मात्र पहिलो चरणमा श्रम स्वीकृती दिन थालेको थियो ।

एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले देशमै राजगारीको अबस्था सिर्जना नगर्दासम्म बैदेशिक रोजगारीमा जाने क्रमलाई रोक्नै नसकिने बताउनुभयो । उहाँले एक नम्बर प्रदेशले युवा लक्षित कार्यक्रम अन्तरगत ९ हजार युवालाई रोजगार मुलक तालिम दिने तयारी गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: २३ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्