अब मनि ट्रान्सफरबाट एकपल्टमा ६० हजार भन्दा धेरै पैसा पठाउन नपाइने!


 


काठमाडौं माघ २३
नेपाल राष्ट्र बैङ्कले देशभित्र एक ठाउँबाट अर्को ठाउँमा रेमिट्यान्स कम्पनीमार्फत पैसा पठाउँदा दैनिक ६० हजारभन्दा बढी पठाउन र झिक्न नपाइने नियम लगाएको छ। अब ६० हजारभन्दा बढी रकम एकै पटक पठाउनु परेमा बैङ्क खातामार्फत पठाउनुपर्नेछ। नगद कारोबारलाई निरुत्साहित गर्नाले सर्वसाधारणलाई बैङ्किङ कारोबार तर्फ प्रोत्साहन गर्न सकिने विश्वास लिई यस्तो व्यवस्था ल्याइएको हो।

यदि रकम पाउने व्यक्तिको बैङ्क खाता छैन भने के गर्ने ?

रकम पाउने व्यक्तिको बैङ्क खाता छैन भने पनि एक दिनमा ६० हजार भन्दा बढी रकम पठाउन पाइदैन। यदि रेमिट्यान्स कम्पनीबाटै त्योभन्दा बढी रकम पठाउनु वा झिक्नु परेमा अर्को दिन कारोबार गर्न सकिन्छ।

पहिला कस्तो व्यवस्था थियो?

गत वैशाख देखि दैनिक २ लाखसम्म पठाउन वा झिक्न सकिने व्यवस्थालाई परिवर्तन गर्दै एक दिनमा १ लाख रुपैयाँसम्म मात्र नगद पठाउन र झिक्न सकिने व्यवस्था ल्याइएको थियो। अब १ लाखबाट घटेर ६० हजारमात्र पाइने भएको हो।

विदेशबाट पठाउने रेमिट्यान्स रकममा के नियम छ ?

विदेशबाट रेमिट्यान्स रकम पठाउनका लागि भनेँ यति रकम मात्र पठाउन मिल्ने भनेर तोकिएको छैन। तर नेपालमा विदेशबाट आएको रकम झिक्नेले भने रेमिट्यान्स कम्पनीबाट दैनिक १ लाखभन्दा बढी नगद पाउने छैनन्।

एक लाखभन्दा बढी रकम आएको खण्डमा रेमिट्यान्स कम्पनीहरूले बैङ्क खातामार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था छ। अथवा अर्को दिन त्यति नै रकम नगदमार्फत भुक्तानी हुनेछ।

यो नियम अनुसार तपाईँले जति चाँडो बैंक खाता खोल्नुहुन्छ उति सजिलो हुने देखिन्छ। बैंक खाता कसरी खोल्ने भन्ने बारेमा तलका लेखहरू तपाईँलाई सहयोगी हुन सक्छन्।

प्रकाशित मिति: २३ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्