सेक्सबाट हुने ४ खतरनाक रोगहरु


 


अहिले विश्वमा नयाँ नयाँ रोगहरु आइरहेका छन् । यस्तोमा यौन संक्रमणबाट हुने रोगहरु पनि अपवाद रहन सकेका छैनन् । आज हामी ती ४ ब्याक्टेरियाका बारेमा चर्चा गर्न गइरहेका छौं, जसले मानव स्वास्थ्यका लागि निकै नोक्सान पुर्याउन सक्छ ।

नाइसेरिया मेनिन्जाइटिस

नाइसेरिया मेनिन्जाइटिसलाई मेनिन्गोकस को नामले पनि चिनिन्छ । यो ब्याक्टेरियाले दिमाग र मेरुदण्डमा संक्रमण गर्न गर्दछ । तर यो भन्दा कयौं ज्यादा मूत्रजनित अंगमा संक्रमण गर्ने ब्याक्टेरियाको नामले चिनिन्छ । ७० को दशकको अध्ययनले बताउँछ कि कसरी एक चिम्पान्जी (वनमानव) को नाक र घाँटी हुँदै यो ब्याक्टेरिया उसको जननांगसम्म पुग्यो र उसलाई मूत्रजनित अंगमा संक्रमण भएको थियो ।

लगभग ५ देखि १० प्रतिशत नवजवानमा नाइसेरिया मेनिन्जाइटिस ब्याक्टेरिया घाँटी या नाकको माध्यमबाट पुग्ने गर्दछ । एक अध्ययनका अनुसार, यो संक्रमण एक व्यक्तिले आफ्नो पार्टनरसँग ओरल सेक्स र अन्य तरिकाको सम्पर्कबाट सर्ने खतरा हुन्छ ।

माइक्रोप्लाज्मा जेनेटेलियम

माइक्रोप्लाज्मा जेनेटेलियम दुनियाँको सबैभन्दा सूक्ष्म (सानो) ब्याक्टेरियामध्ये एक हो । तर यसको माध्यमबाट हुने यौनजनित संक्रमणले भने दुनियाँलाई ठूलो समस्या बनेको छ । यो ब्याक्टेरिया सन् १९८० को दशकमा पहिचान गरिएको हो ।

विशेषगरी युवा र वयस्कमा धेरै द्रूत गतिमा फैलिने गरेको छ । यो ब्याक्टेरिया महिलाको प्रजनन प्रणालीमा प्लेभिक सूजनको कारण बन्ने गरेको छ । जसको कारण बाँझोपन, गर्भपात, समयभन्दा पहिला नै प्रसव र भ्रूणको पनि मृत्यु हुने खतरा हुन्छ ।

शिगेला फ्लेक्जेनरी

यो ब्याक्टेरियालाई शिग्लोसिसको नामले पनि चिनिन्छ । यो मानिसको मलको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा आउँदा फैलिने गर्दछ । यसको संक्रमण भइसकेपछि पेटमा धेरै नै दुःखाई, डायरियाजस्ता समस्या उत्पन्न हुने गर्दछ ।

वैज्ञानिकहरु के मान्छन् भने, फ्लेक्जेनरी मुख्यतः ओरल सेक्स र मलद्वार सम्भोगको कारणबाट फैलिने सम्भावना हुन्छ । विश्वमा यसले पनि द्रूत गतिमा आतंक मच्चाइरहेको छ ।

लिम्फोग्रानुलोमा वेनेरेउम (एलजीवी)

क्लाइमाइडिया ट्रेकोमैटिसको असमान्य तनावका कारण हुने सेक्सुअल ट्रान्समिटेड (एसटीआई) भयानक संक्रमणको कारण बन्न सक्छ । यसको संक्रमणबाट अस्थायी पिम्पल, जननांगमा अल्सर र लसिका तन्त्रमा आक्रमण पनि हुनसक्छ । पछिल्लो एक दशकमा एलजीवी यूरोप र उत्तरी अमेरिकामा भयानक रुपमा बढिरहेको छ । (एजेन्सी)

प्रकाशित मिति: २४ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्