शिक्षा क्षेत्रका अग्रज प्रेमचन्द्र सापकोटा सम्मानित


 


उर्लाबारी, माघ २५

मोरङ जिल्लाकै शिक्षाका धरोहर मानिने प्रेमचन्द्र सापकोटा उर्लाबारी नगरपालिका – ६ स्थित राधिका माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा शुक्रवार सम्मानित हुनुभएको छ ।

उहाँलाई प्रदेश १ का प्रमुख प्राडा गोविन्द तुम्बाहाङले सम्मान गर्नुभएको हो। सापकोटा विगत पाँच दशकदेखि शैक्षिक क्षेत्रमा क्रियाशिल रहि हाल सेवानिवृत भई जिवनयापन गरिरहनु भएको छ । शिक्षकको रुपमा २०२२ सालबाट पाँचथरको यासोकस्थित पृथ्वी माध्यमिक विद्यालयबाट सुरु गदै माध्यमिक विद्यालय निरिक्षक हुदै मोरङ जिल्लाका विभिन्न विद्यालयहरुमा प्रधानाध्यापकको रुपमा आफ्नो शैक्षिक सेवामा योगदान यस क्षेत्रको लागि विषेश रह्यो ।

उहाँले झापा जिल्ला र मोरङ जिल्लाका विभिन्न क्याम्पसहरुमा अग्रेजी विषय प्राध्यापन गरि विशेष शैक्षिक योगदान गर्नु भएको थियो । यस वाहेक पेशागत यात्राको क्रममा विषेश गरि मोरङ जिल्ला विभिन्न सामुदायिक विद्यालयहरुको स्थापना गर्न विशृष उल्लेख योग्य योगदान मान्न सकिन्छ ।

आफ्नो प्रारम्भिक शिक्षा पाँचथरबाट सुरु गरि उच्च शिक्षा भारतको दार्जिलिङमा र त्रिभुवन विश्व विद्यालयबाट लिनु भएको थियो । शिक्षाको बिस्तार र बिकाशमा आफ्नु जीवनको अमूल्य समय ब्यतित गर्दै आउनु भएका सापकोटा सामुदायिक बिद्यालयको गुणस्तरीय शिक्षाबाट सबै वर्ग समुदाय र क्षेत्रको बिकास सम्भव रहेको बताउनु हुन्छ। शिक्षा क्षेत्रका अग्रज ब्यक्तित्व ,समेजसेवी सापकोटा मंगलबारेस्थित सुनपकुवा माविको प्रधानाध्यापकको रुपमा दुई दशक सम्म रहनुभएको थियो ।

प्रकाशित मिति: २५ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्