संगीतले ब्लड प्रेशर नियन्त्रण गर्छ, कसरी ?


 


काठमाडौं, २६ माघ
आजकल बदलिँदो जीवनशैलीका कारण महिलामा ब्लडप्रेशरको समस्या धेरै देखिन थालिसकेको छ । जसलाई महिलाहरु एक सामान्य कुरा मान्दछन् ।

तर यो केवल सामान्य होइन, ब्लडप्रेशरको समस्याले ज्यान पनि जान सक्छ । यसको लागि मानिसहरु विभिन्न प्रकारका औषधीहरुको प्रयोग गर्ने गर्दछन् । तर तपाईंलाई थाहा छ, म्युजिक सुन्दा ब्लडप्रेशरको लागि प्रयोग गरिएको औषधीको असर अझ बढ्ने गर्दछ ।

एक अनुसन्धानले यो तथ्यको खुलाशा गरेको हो । आउनुहोस् जानौं, कसरी गर्छ त म्युजिकले औषधीको असरमा मद्दत !

यदि तपाईंलाई हाई ब्लडप्रेशरको समस्या छ र क्लासिकल म्युजिक सुन्नुहुन्छ भने एन्टी हाइपरेन्टिसभ औषधीको असर बढेर जान्छ । साइन्टिफिक रिपोर्टस जर्नलमा प्रकाशित रिपोर्टमा भनिएको छ कि औषधी लिइसकेपछि म्युजिक सुन्दा हाई ब्लडप्रेशर धेरै हदसम्म नियन्त्रित हुने गर्दछ । स्टडी कोअर्डिनेटर वाइटर एनग्रेसिया वेलेन्टी भन्छिन्, म्युजिक सुन्दा मुटुको धड्कन सही हुने गर्दछ ।

एक अध्ययनमा हाइपरटेसनबाट पीडित बिरामीमाथि म्युजिकका असरलाई लिएर अनुसन्धान गरिएको थियो । जसमा पाइयो कि म्युजिक सुने लगत्तै औषधीको सेवन गर्दा एक घण्टाभित्र नै बिरामीको मुटुको चालमा धेरै सुधार आयो । अनुसन्धानकर्ताहरुले पनि म्युजिक सुन्दा बिरामीमा औषधीको असर प्रभाव राम्रो भएको पाए ।

यो अनुसन्धानपछि संगीत अब केवल मनोरञ्जन मात्र नभई स्वस्थ रहने साधन पनि हो । यसको लागि क्लासिकल अथवा आफूलाई आनन्द मिल्ने म्युजिक सुन्न सकिन्छ । (एजेन्सी)

प्रकाशित मिति: २६ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्