” साहित्यिक भित्ते पात्रो२०७६ ” ले बटुल्यो प्रशंसा”


 


दमक झापा माघ २६
नेपाली साहित्यकार, लेखकहरुको सिर्जना सहित तस्वीर र २०७६ सालको पात्रो एकीकृत संगालो सार्वजनिक भएको छ । उक्त पात्रोमा मेचीमहाकालीका लेखकका पचास सिर्जना समेटीएका छन् ।
काव्य घर नेपालको आयोजनमा भएको कार्यक्रममा पात्रो संयुक्त रुपमा विमोचन गर्दै साहित्यकार प्रकाश बुढाथोकी ,हेम अधिकारी , दमक वडा न. २ का वडाध्यक्ष प्रजापति सापकोटा र भवानी क्षेत्रीले यो कार्यले नेपाली साहित्यमा फरक स्वाद र प्रकाशनको बाटो रोजेको र नेपाली साहित्यमा नयाँ उचाई प्राप्त गर्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली साहित्यमा काव्य घर झापाले नेपाली साहित्यमा गरेको योगदानको उहाहरुले सराहना समेत गरे । हि माबिको हलमा सम्पन्न कार्यक्रमको दौरान बक्ताहरुले साहित्य के हो र कस्तो हुनुपर्छ भन्ने विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा मेची महाकालीको बिधागत वाचनमा कंचनपुरबाट श्रीजन श्री,बाकेवाट देवकी निरौला ,दोलखाबाट सुशीला खड्का ,नुवाकोटबाट सुमित्रा सुमि,बिराटनगरबाट सुभलक्ष्मी लम्साल ,झापाबाट शिव प्रणत,बिन्दु दहाल,इलामबाट सीता आस्था ढुङेल,पाँचथरबाट काजिमान माबोले कार्यक्रममा कविता गित गजल प्रस्तुत गरेर हल तताएका थिए। प्रधान सम्पादक राजकुमार खड्गाले यस कृतिमा नेपाली लेखक कबिहरुको नौलो लेखन र स्वादको प्रस्फुटनहरु नेपाली साहित्य क्षेत्रमा देखिएका समकालीन प्रयोगहरुलाई समेटीएको बताए।
मेची महाकाली सम्मका साहित्यकारले रचना बाचन गरेको कार्यक्रममा लता कार्कीले विमोचित कृतिका बारेमा चर्चा गरे । मनकुमार लिम्बुले संचालन गरेको कार्यक्रम काव्य घर झापाको अध्यक्ष राजकुमार खड्काको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २६ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्