ओली सरकारले नारायणगढ-बुटबल सडकखण्ड चार लेन बनाउने घोषणा


 


काठमाडौं माघ २७
पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ-बुटवल सडकखण्ड चार लेनको बन्ने भएको छ । हाल २ लेनको उक्त सडक अबको साढे तीन बर्षभित्र चार लेनमा बिस्तार गरिने भएको हो । चार लेनका लागि नारायणगढ-दाउन्ने ६५ किलोमिटर र दाउन्ने- बुटवल ४८ किलोमिटर गरी विभाजन गरिएको छ । यी दुई प्याकेजको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ।

कर्पोरेसनले नारायणगढ-दाउन्ने सडक स्तरोन्नति गर्न भ्याटसहित नौ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ र दाउन्ने- बुटबल सडकखण्डका लागि सात अर्ब ८६ करोड ३४ लाख रुपैयाँ कबुल गरेको छ।अहिले चीनको नयाँ वर्ष भएकाले फागुनभित्रमा ठेकेदार अयोजनास्थलमा परिचालन हुने भएकोछ । सडक विस्तारका लागि एडीबीले ऋण सहयोग गर्ने भएको छ। जसमा कुल लागतको ८५ प्रतिशत रकम ऋण उपलब्ध एडीबीले दिनेछ ।

नारायणगढ-बुटवल सडक खण्डलाई तीन भागमा विभाजन गरी स्तरोन्नति गरिनेछ। सहर, जंगल तथा ग्रामीण र पहाडमा विभाजन गरिएको छ।उक्त सडकमा सहरको हिस्सा २८.७ किलोमिटर छ। सहरी क्षेत्रमा सडक ४३ मिटरसम्म फराकिलो हुनेछ। विस्तारित सडक दुईतर्फ सातरसात मिटरको हुनेछ। एउटा लेन ३.५ मिटरको हुन्छ। बिग्रेका सवारी रोक्न साढे दुई मिटरको पक्की सोल्डर पनि बनाइनेछ। सडक निर्माणको शिलान्यास प्रधानमन्त्री केपी ओलीले कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति: २७ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्