महिला व्रत बसेको बेला यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन ?


 


धर्मशास्त्रमा महिला व्रत बसेको दिन सुद्ध दिन हुने भएको हुनाले यौन सम्पर्क गर्न नहुँने उल्लेख छ । दिनभर भगवानको नाममा उपवास बसेकी महिलामाथि सहवासको कुरा सोच्न पनि नहुने शास्त्रमा उल्लेख छ ।

व्रत बसेको दिन महिलाहरू मानसिक रुपमा पनि तयार हुन नसक्ने र शारीरिक रुपले पनि निकै थकित हुने हुँदा सहवासका लागि बाध्य बनाउन नहुने परम्पारागत मान्यता रहेको पाइन्छ ।बिशेषगरी तीजमा व्रत बसेकी महिला बेलुका श्रीमानसँग नसुति अलग्गै सुत्नुपर्नेमा शास्त्रमा भनिएको छ ।

तीजमा विवाहिता महिलाहरु श्रीमानको घरमा नबसी माइतीमा बस्नुलाई पनि सहवासको अर्थसँग जोडिएको धर्मशास्त्रीय मान्यता रहेको शास्त्रका ज्ञाताहरु बताउँछन् । धार्मिक आस्थाले भगवानप्रति भक्तिभाव लगाइरहेका बेला कामवासनालाई नियन्त्रण नगरी यौन क्रिडामा लिप्त हुँदा व्रतको फल नपाइने पनि शास्त्रमा उल्लेख छ ।

यद्यपी चिकित्सा विज्ञानले भने धर्मशास्त्रका कुरालाई अस्वीकार गर्दछ । यौन मानव जीवनको सामान्य चरण भएकाले महिला मानसिक तथा शारीरिक रुपले तयार भएमा सहवास गर्दा फरक नपर्ने चिकित्सकहरुले बताउँछन् । निराहार व्रत बसेका बेला भने महिलाहरु थकित हुन सक्छन् ।

यस्तो बेलामा शरीरमा पानी, ग्लुकोज तथा क्यालोरीको कमी हुने भएकाले महिलाहरुलाई यौनसम्पर्कका लागि तयार हुन कठिन हुने भएकाले आफ्नो पतिको मनोभावनालाइ बुझेर मात्र यौनसम्पर्क गर्न चिकित्सकले सुझाव दिएका छन् । एजेन्सी

प्रकाशित मिति: २७ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्