उपचारको सहुलियत सिफारिश अब पालिकाबाटै


 


काठमाडौँ, माघ २७

विभिन्न आठ प्रकारका कडा रोगका बिरामीलाई सरकारले उपलब्ध गराउने सहुलियत अब पालिकाको सिफारिसमा दिइने भएको छ ।यसअघि जिल्ला जनस्वास्थ्य कार्यलयको सिफारिसमा सहुलियत पाउँदै आएका विपन्न नागरिकले अब महानगरपालिका, नगरपालिका र गाउँपालिकाको सिफारिसमा सहुलियत पाउँने भएका छन् ।

सरकारले विपन्न नागरिक औषधि उपचार कोष निर्देशिक २०७५ मा यो व्यवस्था गरेको हो । यो व्यवस्था लागू गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यावदले गत कार्तिक १० गते स्वीकृत समेत दिइसकेका थिए ।

सरकारले मुटु, मृर्गौला, क्यान्सर, पार्किन्सन, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीलाई कडा रोगको रुपमा परिभाषित गर्दै यस्ता रोगका बिरामीलाई उपचारमा सहुलियत दिंदै आएको छ ।

प्रकाशित मिति: २७ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्