महिना दिनपछि मृत फेला, सतर्क रहन आग्रह


 


काभ्रे माघ २८
हराएकी बालिकाको मृत अवस्थामा शव भेटिएको छ । काभ्रेकी एक ११ वर्षीय बालिका महिना दिनदेखि बेपत्ता थिइन् ।

काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका–११ गैराथोक घर भई वडा–१० स्थित उमा सहशिक्षालय उच्च माविमा अध्ययनरत बालिका महिना दिनदेखि बेपत्ता थिइन् । कक्षा ५ मा अध्ययनरत ११ वर्षकी बालिका सुनमाया तामाङ २७ पुसदेखि भक्तपुरबाट हराएकी थिइन् ।

सोही विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका लागि भक्तपुर गएकी उनी भक्तपुर दरबार स्क्वायर अवलोकन गर्न जाने क्रममा सो स्थानबाट हराएकी थिइन् । उनको अवस्थाबारे महिनौँ दिनसम्म धेरै टीकाटिप्णी गरिए पनि उनी कुन अवस्थामा कहाँ त्यतिका दिन बेपत्ता भइन् र अन्ततः उनको शव कुन अवस्थामा फेला परेको भन्ने बारे भने अझै खुल्न सकेको छैन ।

विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको टोली उनको खोजीमा जुटेको जनाइरहे पनि जहाँ हराएकी त्यही जिल्लामा उनको शव भेटिनु भनेको खोजिमा गैरजिम्मेवारीपन र प्रहरीकै मुख ताकेको भने प्रष्ट देखिएको छ । आफूहरूले धेरै ठाउँमा खोजी गरेको जिकिर गरिरहेका प्रअ, आफन्त, स्कुल व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकका लागि भने यो निकै ठूलो प्रश्नको रूपमा खडा भएको एक अभिभावकले बताए ।

उनले भने यसरी स्कुलबाट भ्रमण लाँदा सबै जिम्मेवारी लिएर हिँडेको स्कुलले हुलकै एक विद्यार्थी हराउँदासमेत चासोका साथ खोजी नगर्नु भनेको यही दिन देख्नका लागि रहेछ, कम्तीमा जहाँ हराएकी हो त्यो ठाउँलाई केन्द्रमा राखेर खोज्न सकिन्थ्यो । के विद्यालय गएका विद्यार्थीहरू सुरक्षित फर्कन्छन् भन्ने ढुक्क हुनुहुन्छ ? अब हामीले हाम्रो छोराछोरी स्कलु पठाउँदासमेत विचार गर्नुपर्ने अवस्था आएको छ । ‘हामी आफ्ना छोराछोरी स्कुल गएका छन् भनेर ढुक्क हुने अवस्था रहेन’, ती अभिभावकले दुःखेसो पोखे ।

उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर लामाले भने, ‘यो हामी सबैका लागि दुःखद् कुरा हो, हामी स्तब्ध बनेका छौँ, हामी सबैको दुर्भाग्य कुरा हो । अब भइसकेको घटनाबारे यथार्थ छानबिनका लागि प्रहरी र सरकारलाई ध्यानाकर्षण गराउँछौँ ।’ उनको हत्या नै भएको हुन सक्छ हामीले उनलाई भ्रमणका वेला जुन पहिरनमा लगेका थियौँ त्यही पहिरनमा उनको शव भेटिएको छ । यता अर्का अभिभावकले भने अब केही समयमा नै हुलबाट अप्रत्यासित रूपमा हराउनु र यतिका दिनसम्म पनि नभेटिनुले धेरै आशंकाहरू उब्जिएको समेत बताएका छन् । बेपत्ता सुनमायाको मृत अवस्थामा शनिबार शव फेला परेको पुष्टी भएसँगै धेरै आंशकाहरू उब्जिएको बताएका छन् ।

शनिबार भक्तपुरको हनुमन्ते खोलामा भेटिएको शव सुनमायाकै भएको र उनका आफन्तले स्वीकार गरिसकेका छन् । उनको शवको परीक्षण गरी थप अनुसन्धान गर्न आवश्यक प्रक्रिया अघि बढेको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ । मृतक बालिकाको आफन्तमा बाबु धनबहादुरको पहिले नै मृत्यु भएको र आमा पूर्णिमाले पनि छोडेर पोइल गएपछि उनी हजुरआमाको रेखदेखमा थिइन् । उनका दुई दिदीबहिनी छन् ।

यस्तै प्रतिनिधि घटनाहरूबारे जानकारी गराउँदै नेपाल प्रहरी केन्द्रका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सवेदीले दैलेखको एक स्कुलमा एक महिनाअगाडि ८ कक्षाका छात्र स्कुलबाट घर फर्किएनन् । विद्यालयमा बुझ्दा घर गइसकेको भनिदिए । आफ्ना नातागोता सबैतिर बुझियो कतै पत्तो लागेन । भोलिपल्ट आफ्नै स्कुलको सेप्टीट्यांकीमा मृत अवस्थामा फेला परे ।

यसमा दोषी को ?

यसैगरी चितवनको भर्खरको घटना सात वर्षको एउटा बच्चालाई आमाले स्कुलको बसस्टपमा पु¥याउन गइन । त्यहाँ सिनियर विद्यार्थीका साथमा उसका साथीहरू पनि थिए आमाले उनीहरूसँगै जानु भन्दै छोडेर गइन् । बेलुका ६ बज्दासमेत बच्चा घर फर्केन । उनले प्रहरीमा उजुरी दिइन् । राती ११ बजे उक्त बच्चा आफ्नो स्कुलको बस नचढेर अर्कै स्कुलको बसमा चढेको पत्ता लाग्यो । यदि त्यस बच्चालाई केही भएको भए जिम्मेवारी कसले लिने ?

यस्ता घटनाबारे सुरक्षा र सजकता अपनाउन विद्यालय, अभिभावक समाजिक अगुवा र सबैका लागि समुदायमा साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाएमा मात्रै न्यूनीकरण गर्न सकिने तर्क गरेका छन् । उनले बढ्दो प्रविधिको प्रयोग र सामाजिक सञ्जालहरूबाट अपराध गर्ने तरिकाहरू अपराधीहरूले अबलम्बन गर्न थालेको समेत बताएका छन् । काभ्रेको बनेपामा आयोजित समुदायमा प्रहरी सझेदारी कार्यक्रमको नागरिक सुनुवाई तथा अन्तत्र्रिmयालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्