एक वर्षमा २३३० बालबालिका बेपत्ता , सबैभन्दा बढि प्रदेश ३ मा


 


माघ २८ -मुलुकभरबाट एक वर्षमा २ हजार ३ सयभन्दा बढी बालबालिका बेपत्ता भएको प्रतिवेदन सार्वजनिक भएको छ । बालबालिका खोजतलास समन्वय केन्द्रमा उपत्यकालगायत सातै प्रदेशबाट संकलित तथ्यांकले यस्तो अवस्था देखाएको हो ।केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले चालू आवमा उपत्यकालगायत सातै प्रदेशमा २ हजार ३ सय ३० बालबालिका हराएको सूचना संकलन भएको बताउनुभयो ।

हराइरहेकामध्ये बालिका धेरै रहेको केन्द्रको तथ्यांकले देखाएको छ । तथ्यांकमा १ हजार ४ सय ९ जना बालिका मात्रै हराएको देखिएको छ । जसमध्ये १५ देखि १८ वर्ष उमेर समूहका बालिकाहरु बढी हराएको तथ्यांकले हदेखाएको छ ।पाँच वर्षसम्मका १३ जना, ६ देखि १० वर्षसम्मका ३३ जना, ११ देखि १४ वर्षसम्मका ४ सय ५ जना र १५ देखि १८ वर्ष उमेर सम्मका ९ सय ५८ गरी १ हजार ४ सय ९ जना बालिका मुलुकबाट बेपत्ता भएका छन ।

त्यस्तै पाँच वर्षसम्मका ३३ जना, ६ देखि १० वर्षसम्मका १ सय १३ जना, ११ देखि १४ वर्षसम्मका ५ सय २ जना र १५ देखि १८ वर्ष उमेरसम्मका २ सय ८४ गरी ९ सय २१ जना बालक हराइरहेको बताइएको छ । धेरै बालबालिका हराउने प्रदेशमा पहिलो स्थानमा प्रदेश नम्बर ३ परेको छ । तथ्यांकअनुसार प्रदेश ३ बाट मात्रै ७ सय २ जना बालबालिका हराएका छन । ३ सय ८५ जना बालिकास प्रदेशबाट बेपत्ता भएका छन् भने यसैगरी दोस्रो स्थानमा प्रदेश नम्बर ५ जहाँ ३ सय ४१ जना बालबालिका हराईरहेका छन् नेपालसमाचार पत्रमा खबर छ ।

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्