प्रधानाध्यापकको राजिनामा माग गर्दै विद्यार्थी संगठनहरुले फिदिम माविमा गरे तालाबन्दी


 


फिदिम माघ २८
पाँचथरको सदरमुकाम स्थित फिदिम माविमा कक्षा ९ मा अध्ययनरत रोहित राईलाई अस्पतालनै भर्ना हुने गरी कुटपिट गर्ने प्रधानाध्यापकको राजिनामा माग गर्दै ३ वटा विद्यार्थी संगठनहरुले ताला लगाएका छन् ।
विद्यार्थि संगठनहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्षको कार्यकक्ष, प्रधानाध्यापकको कार्यकक्ष र विद्यालयको प्रशासनमा ताला लगाएका हुन् ।प्रधानाध्यापक दुर्गाराज खत्रीको राजिनामा हुनुपर्नै माग राख्र्दै ताला लगाएका हुन् ।

अनेरास्ववियू जिल्ला कमिटि पाँचथर, अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला कमिटि पाँचथर र समाजबादी विद्यार्थी फोरमले आज ताला लगाएका हुन् ।विद्यालय बालमैत्री बातावरणमा विद्यार्थीले पठन पाठन गर्न पाँउनु पर्ने ठाँउमा प्रअले नै विद्यार्थीलाई निर्घात कुटपिट गरी विद्यालयमा त्रास युत्त बनाएको भन्दै ताला लगाएको अनेरास्ववियू (क्रान्तिकारी), जिल्ला कमिटि पाँचथर सुर्य बेघाले बताउनु भयो ।

राईलाई विहीबार प्रअ खत्रीले टाउकोमा गम्भिर चोट पर्ने गरी कुटपिट गरेका थिए । यस अघि बालबालिकाको क्षेत्रमा काम गर्ने हुकोडेक नेपालका प्रेम ओझा, मानव अधिकार शान्ति कार्य समुह प्याग नेपालका लेखनाथ खतिवडा, मानवअधिकार संगठनका सूर्य निरौला, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान पाँचथरका गणेश साम्पाङले शनिवार बिज्ञप्ती जारी गर्दै वालवालीकालाई यातना दिने दोसीलाई कावाहिको माग गरेका छन् ।
बिभिन्न बिद्यार्थी संगठनले प्रधानाध्यापक खत्रीलाई कारवाहिको माग गर्दै चरण बध्द आन्दोलनको घोषणा गरेका छन् ।

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्