प्रचण्डले भने : सिरहा आउँदा माइती आएजस्तै लाग्छ


 


सिरहा, माघ २८

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहा आउँदा आफूलाई माइती गाउँ आएजस्तै खुशी लाग्ने गरेको बताउनुभएको छ ।

‘एउटी चेलीलाई माइती जाँदा जति खुशी लाग्छ त्यो भन्दा बढी खुशी मलाई सिरहा आउँदा लाग्छ’, अध्यक्ष प्रचण्डले सोमबार एक स्वास्थ्य चौकीको उद्घाटन गर्दै भन्नुभयो ।

सिरहाको अर्नमा गाउँपालिका–१, महनौरमा रहेको तीन तले स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै प्रचण्डले दोस्रो संविधानसभाको चुनावमा सिरहाका नागरिकले मतदान गरेर आफूलाई विजयी बनाएको स्मरण गर्दै सिरहालाई माइती गाउँको संज्ञा दिनुभएको हो ।

‘एउटी छोरी माइत जाँदा जती खुशी हुन्छिन्, त्यस्तै म पनि सिरहा आउन पाउँदा खुशी हुन्छु’, अध्यक्ष प्रचण्डले भन्नुभयो । यस्तै सिरहाकै मिर्चैयामा आयोजित ‘मिर्चैया प्रथम महोत्सव’ उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले मधेशी समुदायको माग संविधानमा समेट्ने गरी छिट्टै संविधान संशोधन गरिने बताउनुभयो ।

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्