चित्रबहादुर केसी भन्छन् : हिन्दुराज्य सहित राजा फर्काउने षड्यन्त्र हुँदैछ


 


पाल्पा : राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा गणतन्त्र हटाएर राजतन्त्र फर्काउने चलखेल सुरु भएको बताएका छन् ।

राष्ट्रिय जनमोर्चा पाल्पाले तानसेनमा गरेको पत्रकार सम्मेललाई सम्बोधन गर्दै अध्यक्ष केसीले हिन्दु राज्यसहितको राजतन्त्र फर्काउन नेपाली कांग्रेस सहमत भइसकेको, राजतन्त्र फर्काउने विषयमा राप्रपामा एकीकरण सुरु भएको र छिमेकी भारतीय जनता पार्टीले विभिन्न गतिविधि मार्फत राजतन्त्र फर्काउने चलखेल सुरु गरेको उनको दावी छ ।

तर राजनीतिक दलले गल्ती गर्दैमा गणतन्त्रको विकल्पमा राजतन्त्र हुन नसक्ने उनले ठोकुवा गरे । यसका लागि सबै जनता सचेत हुनपर्ने पनि उनको आग्रह थियो ।
दुईतिहाईको वामपन्थी सरकार भए पनि जनताको अपेक्षा र चाहना अनुसार काम गर्न नसकेको, भष्ट्राचार बढेको, शुसासन कायम हुन नसकेको, महंगी बढेकाले जनता सकारप्रति रुष्ट बन्दैगएको उनको भनाइ थियो ।

पूर्वमन्त्री समेत रहेका नेता केसीले नेपालजस्तो सानो मुलुलको लागि संघीयता अभिषाप रहेको दोहोर्याए । साथै संघीयताकै कारण देशको अर्थतन्त्र ओरालो लागेको, जनताको ढाड भाँच्ने गरी कर बढेको, सिंहदरबारमा मात्र हुने भष्ट्राचार, प्रदेश र स्थानीय तहमा सरेको भन्दै संघीयता खारेज नभए कुनै दिन संघीयताकै कारणले देश नै खारेज हुने पिडादायी अवस्था आउने उनको चेतावनी छ ।

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्