काम नपाउँदा के सम्म गरिनन् यी अभिनेत्रीले


 


काठमाडौं, २८ माघ : बलिउडमा काम पाउनका लागि स्ट्रगलिंग कलाकारहरु के के सम्म गर्दैनन् । प्रत्येक दिन प्रोडक्शन हाउसको चक्कर काट्न पर्छ । वर्षाैंसम्म पनि काम पाउन मुश्किल हुन्छ । यदि काम मिलेको खण्डमा पनि हिट हुने कुनै ग्यारेन्टी हुँदैन । यस्ता धेरै कलाकार छन्, जो एकपटक फिल्ममा देखिएपछि गायब भए, उनीहरुलाई कसैले पनि काम दिएनन् ।

केही व्यक्तिहरुले त फिल्ममा काम दिने लोभमा गलत फाइदा पनि उठाएका छन् । यस्तो अवस्थामा स्ट्रगलिंग कलाकारहरुलाई ‘कास्टिंग काउच’ जस्ता समस्यासँग जुध्न पर्ने हुन्छ ।

शर्लिन चोपड़ा

बलिउडमा एक यस्तै महिला कलकार छिन्, शर्लिन चोपडा । जसले बलिउडका यस्तै घटनाहरु खुलाशा गरेर सनसनी मच्चाएकी थिइन् । शर्लिनको सम्बन्ध सधैं विवादमा नै रह्यो । उनले दिएका धेरै बयानहरुले उनलाई सधैं विवादमा तानिरह्यो र जसले पूरै देशमा नै तहल्का मच्चाएको छ ।

शर्लिन पहिलो पटक उस समय चर्चामा आइन्, जतिखेर उनले ‘प्लेब्वाइ म्यागेजिन’ का लागि न्यूड पोटोसुट गराएकी थिइन् । शर्लिन नै पहिलो भारतीय महिला थिइन्, जसले प्लेब्वाइको लागि न्यूड फोटोसुट गराइन् । यो फोटोसुटको कारण उनले सबैको ध्यान आफूतर्फ आकर्षित गरेकी थिइन् र रातारात उनी चर्चामा आइन् ।

 

शर्लिन यतिमात्र नभई आफ्नो यौनजीवनको बारेमा सनसनीपूर्ण खुलासा गरेकी थिइन् । यो त्यो समयको कुरा हो, जब शर्लिन मोडलिङ गर्थिन् र बलिउडमा स्ट्रगल गरिरहेकी थिइन् । शर्लिन भनेकी थिइन् कि उनले मोडलिङको दौरान पैसा लिएर कयौं मानिससँग बेड शेयर गरेकी थिइन् । शर्लिनले ट्विट पनि गरेकी थिइन्, ‘विगतमा कयौं मौकामा मेलै पैसाको लागि सेक्स गरेको थिएँ ।’

खबरमा यो पनि बताइएको थियो कि शर्लिनले प्लेब्वाइ म्यागेजिनमा स्थान बनाउनका लागि उक्त म्यागेजिनका ८६ वर्षीय सम्पादक ह्यु हेफनरसँग सम्झौता गरेकी थिइन् । तर शलिर्नले यो खबरलाई नकारेकी थिइन् । उनले सम्पादक ह्युको निधनप्रति ट्विटर एकाउन्टबाट श्रद्धाञ्जलि दिएकी थिइन् ।

केही समय पहिले मात्र शर्लिनले आफ्नो लागि देशकै सर्वाेच्च सम्मान भारत रत्न को माग गरेकी थिइन् । उनले ट्विटरमा लेखेकी थिइन्, ‘मलाई भारत रत्न मिल्नुपर्छ । भारतको सबैभन्दा ठूलो सम्मान सबैभन्दा ठूलो सेवाको लागि मलाई मिल्नुपर्छ । सिरियसली ।’

केही मानिसहरु शर्लिनलाई समलिंगी पनि मान्छन् । शर्लिनले आफू महिलाप्रति आकर्षित हुने कुरालाई लिएर खुलासा पनि गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘म विद्या वालनसँग पेशनेट सीन गर्न चाहन्छु । म उनको फ्यान हुँ । यदि यो कुरा विद्या पनि सुनिरहेकी छिन् भने म उनलाई भन्न चाहन्छु, म सिद्धार्थले भन्दा राम्रोसँग केयर गर्न सक्छु ।’

शर्लिनले दिल्ली सामूहिक बलात्कार पीडितको मृत्युबाट दुःखी हुँदै ट्विटरमा भनेकी थिइन्, ‘यदि मेरो बलात्कारपछि देशमा सबै केटीहरुको सुरक्षा ग्यारेन्टी गरिन्छ भने म आफ्नो बलात्कार गराउन तयार छु ।’

सन् २००५ मा अक्षय कुमारको फिल्म ‘दोस्ती’ बाट शर्लिनले बलिउडमा कदम राखेकी थिइन् । यद्दपि सन् २००२ मावेन्दी माब्बु’ नामको तेलेगु फिल्मबाट उनले फिल्मी करियर शुरु गरेकी थिइन् । उनले अंग्रेजी फिल्म ‘बीपर’ मा पनि काम गरिसकेकी छिन् ।

शर्लिन एकसमय कामसूत्र थ्रीडी फिल्म गर्ने भनेर चर्चामा आएकी थिइन् तर यो फिल्म पूरा हुन पाएन । निकै लामो समयसम्म विवादमा पनि तानियो । यतिमात्र नभई फिल्मको ट्रेलर ६६औं ‘कान्स फिल्म फेस्टिबल’ मा पनि देखाइएको थियो ।

मिस आन्ध्र प्रदेश समेत रहिसकेकी शर्लिनले एमटिभीबाट प्रसारण हुने ‘स्पिल्टभिल्ला’ पनि होस्ट गरिसककेकी छिन् । सन् २०१३ मा ‘ब्याड गर्ल’ को नामबाट शर्लिनको म्युजिक भिडियो पनि रिलिज भएको थियो । (एजेन्सी)

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्