नेकपा एकतामा गतिरोध : ओलीसंग प्रचण्डकोपौंठेजोरी घातक


 


काठमाडौं माघ २८
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको टिप्पणी र असन्तुष्टी सार्वजनिक भएस“गै नेपालको राजनीतिमा ठूलै हलचल उत्पन्न भएको छ । प्रधानमन्त्री केपी ओली देशबाहिर भएको अवस्थामा भेनेजुयला प्रकरणमा अध्यक्ष दाहालले व्यक्त गरेको टिप्पणी सत्तारुढ नेकपामात्र होइन, नेपाल सरकार नै अन्तर्राष्ट्रिय जगतमा चर्चाको विषय बन्न पुगेको थियो ।

यो प्रसंगमा सत्तारुढ नेकपासंगै केपी ओली नेतृत्वको सरकारले समेत आफ्नो धारणा स्पष्ट पारिसकेको अवस्था छ । तर, सत्तारुढ दलका अर्का अध्यक्ष दाहालले दोहो¥याएर आफूले दिएको पहिलो भेनेजुयला वक्तव्यको बचाउ गरेपछि यस सम्बन्धमा अन्यौल अझै पनि कायम नै रहेको छ ।

भेनेजुयला प्रकरणमा अध्यक्ष दाहालले विस्फोट गराएको वक्तव्य बमले ल्याएको हलचल सेलाउन नपाउँदै अध्यक्ष दाहालले सार्वजनिकरुपमा नै प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर कडा टिप्पणी गर्दै नेकपा एमालेसंग एकीकरण भइसकेको साबिकको नेकपा माओवादी केन्द्र ब्युँत्याउने धम्की प्रत्यक्षरुपमा दिएर नेपालको राजनीतिमा ठूलै हलचल उत्पन्न गराउने काम गरेर सत्तारुढ दल नेकपामा ठूलो बहस, विवादको जन्म समेत अध्यक्ष दाहालले गराएका छन् ।

प्रधानमन्त्री ओलीले स्वीजरल्याण्डबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेनेजुयला प्रकरणमा अध्यक्ष दाहालले व्यक्त गरेको विचारका सम्बन्धमा पत्रकारहरुले जान्न खोज्दा ‘एकजना साथीले गरेको टिप्पणी’ भनेको प्रति पनि अध्यक्ष दाहालले आफूलाई समान हैसियतमा नराखेको र अपमान गरेको रुपमा समेत बुझेको प्रचण्ड निकट स्रोत बताउछ । यही कारणले गर्दा पनि सरकारलाई अप्ठ्यारो नपार्ने गरी अध्यक्ष दाहालले दोस्रो पटक आफ्नो विचार नै यस सम्बन्धमा पार्टीको आधिकारिक विचार हो भन्ने अडान राखेका हुन् भनिन्छ ।

नेकपाका अध्यक्ष दाहाल वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्ट भएर माओवादी पार्टी ब्युँत्याउनेसम्मको चेतावनी दिने स्थिति सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको कार्यशैलीमा समेत जोडिन पुगेको बताइन्छ । प्रधानमन्त्री ओलीकै कारणले गर्दा सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगले चार बर्षको कार्यकालमा एउटा सिन्को समेतनभाँचेको विश्लेषण अध्यक्ष दाहाल र उनी निकट नेकपा नेताहरुको रहेको छ ।

साविकको नेकपा माओवादी केन्द्रका नेताहरु सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोगले आफ्नो जिम्मेवारी पूरा गरेर विगत शान्ति सम्झौतालाई पूर्णरुपमा कार्यान्वयन गरेको स्थितिमा पु¥याउनुपर्ने पक्षमा अध्यक्ष दाहाललगायतका साविकको नेकपा माओवादी केन्द्र निकट नेताहरु रहेका छन् । तर, अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली भने यो मुद्दालाई ब्युँत्याइराखेर आफूहरुसंग ब्ल्याकमेलिङ गर्ने रणनीति अख्तियार गरेको विश्लेषण पनि अध्यक्ष दाहालको रहेको स्रोत बताउछ ।

यही कारणले गर्दा नै साविकका माओवादी केन्द्रका नेताहरुमाथि दबाब पर्ने गरी द्वन्द्वकालका न्यायका सम्बन्धमा चासो राख्दै यूरोपेली यूनियनका राष्ट्रहरु तथा अमेरिकासंगै संयुक्त राष्ट्र संघले समेत संयुक्तरुपमा वक्तव्य दिएका हुन् भन्ने निष्कर्ष पनि दाहालहरुको रहेको छ ।

यसैगरी सरकार सञ्चालनको मामिलामा पनि सहमति अनुसार प्रधानमन्त्री ओलीले आफूसंग विचारविमर्श गर्ने नगरेको र एकलौटीरुपमा सरकार सञ्चालन गर्ने गरेको भन्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको शासन सञ्चालन शैलीको विरोध गरेका छन् । अहिलेसम्म सरकारको कार्यशैलीका सम्बन्धमा कुनै प्रकारको सार्वजनिक टिकाटिप्पणी नगरेका अध्यक्ष दाहाल अध्यक्ष ओलीको कार्यशैलीप्रति आक्रामकरुपमा प्रस्तुत हुँदै माओवादी पार्टी ब्यू“ताउनेसम्मको चेतावनी दिएका छन् ।

अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति जति नै कटाक्ष गरेपनि प्रचण्ड नेपाल कम्युनिष्ट पार्टीलाई विभाजित गर्न सक्ने स्थितिमा भने छैनन् । संविधान र विद्यमान ऐनले गरेको ब्यवस्था अनुसार, दल विभाजित हुन संसदीय दलको ४० प्रतिशत र पार्टीको केन्द्रीय समिति समेत ४० प्रतिशत विभाजित हुनु पर्छ । हालको समयमा नेकपा टुटफुटको सोच चाहिं दिवा सपनामा मात्र हुने स्थिति रहेको छ । त्यसैले अहिलेको प्रचण्डको पौंठेजोरी अन्तत उनकै लागि प्रतिउत्पादक र घातक अवस्थामा रहेको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको तल्लो तहसम्मका संगठनलाई एकीकरण गरेर पार्टीलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने स्थितिमा अध्यक्ष दाहालले पार्टी नै विभाजित गर्नेसम्मको चेतावनी कुन प्रयोजन र स्वार्थमा आएर दिए भन्ने प्रश्न एकातिर जनमनमा पुगेको छ भने अर्काेतिर तीन महिनामा सम्पन्न गर्ने भनेको नेकपाको एकीकरण प्रक्रिया अध्यक्ष दाहालको यो टिप्पणी र चेतावनीबाट थप प्रभावित हुन पुगेको छ ।

अब प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट रहेका अध्यक्ष दाहाल कसरी अगाडि बढ्छन् भन्ने प्रश्न पनि जन्मनमा पुगेको छ ।
नेकपा अध्यक्ष दाहालले प्रधानमन्त्री ओली मुलुकबाहिर रहेको अवस्थामा भेनेजुयला प्रकरणमा दिएको वक्तव्य यथार्थमा प्रधानमन्त्री ओलीप्रतिको असन्तुष्टीको रुपमा समेत लिन थालिएको छ ।

अब माधव कमरेड कता त ?

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा सरकारको कार्यशैलीलाई लिएर अहिलेसम्म वरिष्ठ नेता माधवकुमार नेपालले आलोचना गर्दै आएका थिए । सरकारको कार्यशैलीका सम्बन्धमा साविकको नेकपा माओवादीका तर्फका कुनैपनि नेताको टिकाटिप्पणी हुने गरेको थिएन । तर, नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर कडा टिप्पणी गरेपछि अहिले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको राजनीतिक समीकरण नयाँ बन्न सक्ने स्थितिमा पुगेको छ ।

ध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको कार्यशैलीको चर्काे आलोचना गरेपछि प्रधानमन्त्री ओली आफ्नो सरकारको बचाउका निम्ति अहिलेसम्म असन्तुष्ट रहेका वरिष्ठ नेता माधव नेपालको मजबुत साथ सहयोग लिनुपर्ने अवस्था देखिएको छ । जबकि अध्यक्ष दाहालले पनि वरिष्ठ नेता नेपालकै आड र समर्थन पाउने विश्वास गरेर प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आकस्मिकरुपमा चर्काे आलोचना गरेका थिए ।

सत्तारुढ नेकपामा प्रधानमन्त्री अध्यक्ष केपी ओलीसंगै अध्यक्ष दाहालको वरिष्ठ नेता माधव नेपालको यसैगरी अर्का वरिष्ठ नेताद्वय झलनाथ खनालको र वामदेव गौतमको पनि आ–आफ्नो गुट छ । यी गुटहरुमध्ये प्रधानमन्त्री ओली र अध्यक्ष दाहालपछि नेकपामा नेपाल गुट सशक्त रहेको स्थिति छ । यही कारणले गर्दा पनि प्रधानमन्त्री ओली आफ्नो प्रतिरक्षका लागि अब नेता नेपाल निकट पुग्नुपर्ने स्थिति जन्मन थालेको टिप्पणी नेकपामा हुने गरेको छ ।

साँघुन्यूज डटकमबाट 

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्