आज विदेशी मुुद्रा दर हेर्नुहोस्


 


काठमाडौँ, माघ २९

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ५८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ १८ पैसा रहेको छ।

एक युरोको खरिददर १२८ रुपैयाँ ५१ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ १९ पैसा रहेको छ। एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रिदर १४७ रुपैयाँ ५८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३७ पैसा रहेको छ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७३ रुपैयाँ ७९ पैसा र बिक्रिदर ३७५ रुपैयाँ ७६ पैसा रहेको छ।

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्