फेसबुक प्रमुख जुकरबर्गको सुरक्षामा बर्सेनि ८३ करोडभन्दा बढी खर्च


 


एजेन्सी काठमाडौं,माघ २९

प्रविधि कम्पनीहरु आफ्नो पेटेन्ट र इन्टेलेक्चुअल प्रोपर्टी राइट्स सुरक्षित गर्न करोडौं रकम खर्च गर्छन् । तर त्यो भन्दा बढी रकम आफ्ना उच्च अधिकारीको निजी सुरक्षामा खर्च गर्छन् । अमेरिकी सेक्युरिटी एण्ड एक्सचेन्ज कमीसनको तथ्यांकअनुसार सन् २०१८ मा सबैभन्दा बढी सुरक्षा खर्च फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गका लागि भएको छ ।

यसवर्ष जुकरबर्गको सुरक्षाका लागि ७३ लाख डलर (८३ करोड नेपाली रुपियाँभन्दा बढी) खर्च भएको थियो भने कम्पनीका प्रमुख अपरेटिङ अफिसर सेरिल स्याण्डवर्गको सुरक्षामा २६ लाख डलर खर्च भएको थियो ।

५वर्षअघि भने जुकरबर्गको सुरक्षामा २६ लाख डलर खर्च हुने गरेकोमा २०१८ सम्ममा ३ गुणा बढेको हो । गत वर्ष भएको इन्भेस्टर्सको बैठकमा फेसबुकले जुकरबर्गको सुरक्षामा बर्सेनि १ अर्बभन्दा बढी खर्च गर्ने तयारी गरेको जनाएको थियो ।

एपल कम्पनीका प्रमुख कार्यकारी टीम कुकको सुरक्षामा २०१७ मा ३ करोड १० लाख डलर, गुगलका सिइओ सुन्दर पिचाईका लागि अल्फाबेटले ६ करोड ३७ लाख डलर, अमेजनका संस्थापक जेफ बेजोसको सुरक्षामा १६ करोडभन्दा बढी र ओरेकलका सिइओ ल्यारी एलिसनको सुरक्षामा १६ करोडभन्दा बढी खर्च गरिएको थियो ।

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्