दायित्व पुरा गर्न नसकेर महरले राजीनामा दिए : नेता पौडेल


 


चितवन माघ २९
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल विद्यार्थी संघको नेतृत्वले दायित्व पुरा गर्न नसकेर राजीनामा दिएको बताएका छन् । चितवनको भरतपुरमा आज प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले दुईपटक म्याद थप गर्दा पनि नेविसंघले प्रभावकारी काम गर्न नसकेको बताएका हुन् । नेता पौडेलले छिट्टै कांग्रेसको केन्द्रिय कमिटीले नेविसंघको नयाँ नेतृत्व चयन गर्ने जानकारी दिए ।

नेतृत्व विवादमा नेविसंघ अध्यक्ष नैनसिंह महरले हिजो राजिनामा दिएपछि पौडेलको यस्तो प्रतिक्रिया आएको हो । उनले तत्कालिन नेविसंघ अध्यक्ष नैनसिंह महरको नेतृत्वमा गरिएका सवै सिफारिसको कुनै अर्थ नरहने पनि नेता पौडेलको भनाइ छ । नेता पौडेलले वर्तमान सरकार गतिहिन भएको आरोप लगाउँदै सरकारले जनतालाई निराशामा परिणत गरेको वताए । सरकार विधिमा पनि नचलेको पनि उनको आरोप छ ।

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्