राष्ट्रियसभामा वाइडबडी प्रकरणको चर्चा


 


काठमाडौं माघ २९
राष्ट्रियसभा सदस्यहरुले वाइडबडी विमान खरिद प्रकरणको बारेमा भएको अध्ययन अनुसन्धान बारे सदनलाई जानकारी गराई संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य चक्र प्रसाद स्नेहीले वाइडबडी विमान खरिद प्रकरणको बारेमा भएको अध्ययन अनुसन्धान बारे सदनलाई जानकारी गराई संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।

राष्ट्रियसभाका अर्का सदस्य शेरबहादुर कुँवरले मुलुकभरका आयोजना तथा परियोजनाहरुको निर्माण कार्य यथासिघ्र अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । उनले परियोजनाहरुको निर्माण कार्यलाई यथासिघ्र अघि बढाउन माग गरे ।

त्यस्तै सदस्य राधेश्याम अधिकारीले राष्ट्रिय शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । उनले सरकारले शिक्षा क्षेत्रलाई प्रयोगशाला बनाउने प्रयास गरेको आरोप लगाए ।

त्यस्तै बैठकको शुन्य समयमा सांसद रामप्रित पासवान, विन्दा देवी आले, बिमला राई पौड्याल र हरिचरण शिवाकोटीले आ–आफ्नो क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्