भ्यालेल्टाइन डे डेटिङका लागि मलाई १ हजार भाडामा लिनुहोस्


 


२९ माघ, न्यूजिल्याण्ड
न्यूजिल्याण्डका पिटर विल्डिङले भ्यालेन्टाइन्स डेको मौकामा आफूलाई बेच्ने घोषणा गरेका छन् । यसका लागि पिटरले विशेष प्याकेजको पनि व्यवस्था गरेका छन् ।

उनले फेसबुक पेज ताउपो नोटिसबोर्डमा डेट प्याकेजबारे विज्ञापन दिएका छन् । त्यहाँ उनले आठवटा डेट प्याकेजको विकल्प दिएका छन् । साथै, खर्च गर्नसक्नेका लागि थप दुई प्याकेज उपलब्ध छन् ।

उनले लेखेका छन्, ‘भ्यालेन्टाइन्स डे १० दिन टाढा छ, त्यसकारण अब बुकिङको बेला आएको छ ।’‘मलाई भ्यालेन्टाइन्स डेको लागि भाडामा लिनुहोस् (मसँग विभिन्न अफर छन् । मूल्य कुराकानीमार्फत मिलाउन सकिने) ।’

मूल्य ७.८१ पाउन्ड अर्थात् लगभग हजार रुपैयाँबाट सुरु हुन्छ । यति पैसामा तपाईं ती व्यक्तिसँग साथीको रुपमा बिहान एक घण्टा सँगै डुल्न सक्नुहुन्छ । मूल्य दोब्बर तिर्दा तपाईं बिहानको समयमा दुई घण्टा ती व्यक्तिसँग डुल्न पाउनु हुन्छ । यसमा तपाईंले चकलेट पाउनुहुनेछ र ती व्यक्तिले तपाईंको हात पनि समाउनेछन् ।

साथै तपाईंले यदि बढि मूल्य तिर्नुहुन्छ भने थप सुविधा पाउनुहुन्छ जस्तैः स्पा पार्कमा स्विमिङ, एक टुक्रा पाई र ड्रिंक, म्याकडोनल्डको खाना र तपाईंहरु दुईजनाको फोटो ।

पिटरले तपाईंको परिवारसँग बसेर डिनर पनि खानसक्छन् तर यसका लागि तपाईंले बढी पैसा तिनुपर्छ । पैसा बढि तिरे उनी तपाईंका साना भाइबहिनीसँग पनि खेलिदिन्छन् । उनी दुई हप्तासम्म तपाईंको प्रेमीको रुपमा रहन सक्छन्, त्यो पनि फेसबुकमा ।

यदि तपाईंलाई उनीबाट केही बढी नै अपेक्षा छ भने उनीसँग १५ घण्टाको ओभरनाइट कम्बो प्याकेज एक सय पचार डलरमा खरिद गर्न सक्नुहुन्छ । उनले महिलाको उमेरको आधारमा कसैलाई रिजेक्ट पनि गर्नसक्ने बताएका छन् । एजेन्सी

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्