एअरपोर्ट भित्र- कर्मचारीको गफ : सरले के के हात पार्नुभो त आज ?


 


काठमाडौं माघ २९
‘तितो यथार्थ बोकेको कथा (बधाई)
एअरपोर्ट भित्र- कर्मचारी १: सरले के के हात पार्नुभो त आज ?
कर्मचारी २: आज खासै हात लागेन ! एउटी इजरेल बाट आकी नक्कलीले सुनको सिक्री ल्याकी रैछे आमालाई भनेर ! त्यही मात्र फुस्काइयो ! बुडी मक्ख पर्ने भई घरमा !
कर्मचारी १: मेरो त झन बिजोग भो सर ! दुई बोतल ब्ल्याक लेभल र एउटा पुरानो ल्यापटप मात्र हात लाग्यो दिनभरीमा ! तर केही छैन अर्को दिन आइ हाल्छ ! ल्यापटप छोरो केटोलाई भइहाल्यो ! ब्ल्याकलेभल एउटा हाकिम साबलाई भेट चढाउँछु,अर्को आफै ढलाउँछु !

उनीहरूका कुरा सुनिरहेकी कर्मचारी ३: बधाई छ सरहरूलाई । जे पाउनु भएको छ ‘प्योर माल’ पाउनुभएको छ, शुद्ध पसीनाको कमाई । आफ्नो पसीना नभएर के भो त कसैको त हो नि ! पसीनाको कमाईका सामान उपभोग गर्न पाउनुको मज्जा नै छुट्टै छ । देशमा फट्याइँ गरेर कमाएको पैसाबाट आएको सामान भन्दा यी सामान धेरै ठीक सरहरू । फेरि पनि बधाई ।

बधाई यसकारण कि:
-यिनीहरू नै हुन जसले कसैको कलेजो,मुटू,किड्नी बिग्रेको ख़बर सुन्ने बित्तिकै भाग काटेर पैसा उठाउन सुरु गर्छन मुगलानमा !
-यिनीहरू नै हुन जसले कर्णालीमा अस्पताल बनाउन पनि पैसा पठाउँछन, चितवनमा रंगशाला बनाउन पनि पैसा जुटाउँछन !
-यिनीहरू नै हुन जसले काटिएका हात खुट्टा जोडिदिन अभियान चलाउँछन, कलाकारलाई बाँच्ने वातावरण बनाइदिन विश्वभर संस्कृति चिनाउँछन !
-यिनीहरू नै हुन जसले तपाईका नेता,तपाईका हाकिम,तपाईका प्रशासकहरू बस्ने कुर्सीको खुट्टो रेमिट्टेंसले अड्याउँछन !

यिनीहरूकै कारण धेरैको परिवार चलेको छ,धेरैको धड़कन चलेको छ,धेरैको शासन चलेको छ !

चुलो बलेको छ,आस बँचेको छ,देश बाँचेको छ !

यिनीहरूले कमाएको सामान बाट तपाईका परिवार खुसी हुन पाउनु अहोभाग्य हो । तपाईहरूलाई फेरि पनि बधाई ! – सामाजिक संजाल बाट साभार गरिएको सम्पादक

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्