विहार र झारखण्डका औषधि रोक्नुपर्छः मन्त्री यादव


 


जनकपुर, २९ माघ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले औषधि पसलहरू माछा पसलजस्तै अस्तव्यस्त रहेको बताएका छन् ।

औषधि व्यवस्था विभागद्वारा मंगलबार यहाँ आयोजित एन्टिबायोटिकलगायतका औषधिको वैज्ञानिक प्रयोग विषयक एकदिवसीय कार्यशाला गोष्ठी सम्बोधन गर्दै मन्त्री यादवले भने, ‘जीवनरक्षक औषधिको भण्डारणमा ध्यान दिनुहोस् । यसलाई माछा पसल नबनाउनुस् ।’

उनले राम्रा चिकित्सक, अस्पताल तथा उपकरण मात्र भएर सही उपचार हुन नसक्ने जनाउँदै गुणस्तरीय औषधि विना सही उपचार सम्भव हुने बताए ।

अधिकांश पसलमा औषधि अवैज्ञानिक तरिकाबाट गरिएको उल्लेख गर्दै उनले भने, ‘औषधिको भण्डारण गर्दा हावा,पानी,घाम आदिलाई ख्याल गर्नुपर्दछ । अवैज्ञानिक रूपमा औषधि भण्डारण गर्दा गुणस्तरमा ह्रास आउँछ ।’

मन्त्री यादवले सीमावर्ती विहार र झारखण्डमा निर्माण हुने गुणस्तरहीन औषधिहरूको चोरी तस्करी रोक्नुपर्ने बताए । उनले भने,‘सरकारले मान्यता दिएको औषधि मात्र विक्री गर्नोस् । चिकित्सकको प्रिस्किप्शन विना औषधि विक्री नगर्नोस् ।’

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्