गोपाल खड्का २ करोड ५० लाख धरौटी बुझाएर रिहा


 


काठमाडौं , २९ माघ – नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । मंगलबार विशेष अदालतमा हाजिर भएका खड्काले नेपाल इन्भेष्टमेन्ट बैंकमा धरौटी बराबरको ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७५ मा उनी बिरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दा दर्ता गरेको थियो । अख्तियारले खडकाको अवैध सम्पत्ति लुकाउन सहयोगी भुमिका खेलेको भन्दै अमिता लामा र श्रीमती शर्मिला खडकालाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

विशेषमा मंगलबार खड्का आफुमात्र हाजिर हुन निवेदन दिएका छन् । अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य सदस्य न्यायाधीश नारायणप्रसाद पोखरेल इजलासले धरौटी मागेको हो । आयोगले १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ खड्काले गैरकानुनी आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारको अनुसन्धानमा खडकाको कूल सम्पत्तिको ८ करोड ६४ लाख ६९ हजार ७ सय ५१ रुपैयाँ मात्रै वैध रहेको खुलेको थियो । आयोगले खड्काले पदमा बसेर २७ करोड ३० लाख ७५ हजार ३ सय ८० रुपैयाँ जोडेको भेटिएको थियो । आयोगको आरोपपत्रमा खडकाले ६ वर्षको अवधिमा ७ करोड ४४ लाख आर्जन गरेको अख्तियारको दाबी छ ।

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्