हतकडीसहित अदालत परिसरबाटै बलात्कारकाे अभियुक्त फरार


 


कैलाली माघ २९
बलात्कारको अभियोगमा सोमबार पक्राउ परेका एक अभियुक्त मंगलबार दिउँसो कैलाली जिल्ला अदालत परिसरबाट हतकडी सहित फरार भएका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका २३ वर्षीय दिल्प दमाईलाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत ल्याएको थियो । ईलाका प्रहरी कार्यालय लम्कीमा थुनामा रहेका दमाईलाई म्याद थपका लागि सोमबार धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी आभुषण तिमिल्सेनाले बताए ।

दमाई अदालतमा फाइल पेश गर्ने क्रममा फरार भएको प्रहरीले जानकारी दिएको छ । फरार दमाइको खोजी भइरहेका एसपी तिम्सिनाले बताए ।

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्