उर्लाबारीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु


 


उर्लाबारी, माघ २९

मोरङको उर्लाबारी नगरपालिका – ८ स्थित भित्री सडक खण्डमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
आमबाडीबाट दुर्गापुरीतर्फ आउँदै गरेको मे १ त ३८३१ नं.को ट्याक्टर अनियन्त्रित भई पल्टिदा ट्याक्टरका सहसचालक झापा, शिवसताक्षी नगरपालिका घर भएका १४ वर्षिय रसिकलाल हस्दाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ट्याक्टरमा सवार उर्लाबारी – ८ का मोहन मुर्मु घाईते भएका छन् । उनको अरनिको अस्पताल उर्लाबारीमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिएपनि चालक फरार रहेकाले खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्