अब लापरवाही गरी सवारी चलाउने चालकलाई जन्म कैदको व्यवस्था


 


काठमाडौँ, २९ माघ 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले लापरवाही गरी सवारी साधन चलाउने चालकलाई जन्म कैदको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिएको ‘राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०१३–२० कार्यान्वयन गरियोस् भन्ने सार्वजनिक महत्वको प्रस्ताव’मा आफ्नो धारणा प्रस्तुत गर्दै सांसद बस्नेतले आउँदै गरेको सवारी तथा यातायातको व्यवस्था ऐनमा कडा भन्दा कडा कारवाहीको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद बस्नेतले सवारी दुर्घटनामा करिव ९० प्रतिशत चालकको लापरबाहीका कारण हुने गरेको जानकारी गराउनुभयो । उहाँले पछिल्लो पाँच वर्षमा प्राकृतिक विपत्ती, भुकम्प, मुलुकमा भएको द्वन्द्व, सवारी दुर्घटना सवैसँग तुलना गर्दै सडक दुर्घटना निकै दुःख तथा डरलाग्दो भएको बताउँदै सडक दुर्घटनाको सवैभन्दा बढी सिकार मोटरसाईकल र स्कुटर चढ्ने १८ देखि ३६ वर्षसम्मका युवाहरु हुने गरेको बताउनुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले २६ हजार ६२ को तुलना गर्दै भण्डै २४ हजार चार सय ९५ दुर्घटना चालकको लापरवाहीकै कारण भएको तथ्याङ्क रहेको बताउनुभयो । मोटरसाइकल र स्कुटर पछि सवारीको लाभ नलिने सामान्य नागरिकहरु दुर्घटनाको सिकार हुनु परेको भन्दै उहाँले करिव ५० प्रतिशत मोटरसाईकल र स्कुटर तथा करिव ३० प्रतिशत सामान्य नागरिकको मृत्यु हुने गरेको बताउनुभयो ।

यात्रुहरुलाई बचाउनु हाम्रो महत्वपूर्ण दायित्व भएको बताउँदै सांसद बस्नेतले सवारी दुर्घटना मानिसको मृत्युवरक बनाउने मध्येको एउटा महत्वपूर्ण कारक तत्व भएको बताउनुभयो । उहाँले भक्तपुरमा मात्र करिव एक हप्तामा एक जनाको मृत्यु हुने गरेको जानकारी गराउनुभयो ।

दैनिक रुपमा सरदर दुई हजार जनाले सडक दुर्घटनामा ज्यान गुमाएको तथ्याङ्क रहेको बताउँदै सांसद बस्नेतले साइकल तथा सर्वसाधारण हिड्ने छुट्टै लेनको निर्माण गरी दुर्घटना न्युनिकरण गर्नुपर्नेमा समेत जोड दिनुभयो । त्यस्तै उहाँले चालकको अनुमतिपत्र वितरण प्रकृयामा भएको लापरवाही पनि सवारी दुर्घटना हुनुको अर्को कारण भएको बताउँदै त्यसलाई व्यवस्थित तथा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सार्वजनिक महत्वको प्रस्ताव सरकारको पक्ष वा विपक्ष भन्दा पनि आम नेपालीको पक्ष रहेको बताउँदै उहाँले पछिल्लो समय टिपरका कारण नागरिकमा उत्पन्न भएको आतंकलाई न्युनिकरण गर्ने पर्नेमा जोडदिनुभयो । उहाँले टिपरले ल्याउने वालुवा रोडाले वातावरण प्रदुषणमात्र नभई सडक दुर्घटना हुने अर्को मूख्य कारण भएको बताउनुभयो ।

टिपर आतंकको समस्या समाधानको लागि सहरभित्र टिपर आउनलाई नदिन, व्यवस्थित सहर तथा भवन निर्माणको लागि कङ्क्रीट रेडी मिक्सको प्रयोग गर्नुपर्ने, जसका कारण दुर्घटना कम हुनाको साथै वातावरण प्रदुषण समेत कम हुने बताउनुभयो । उहाँले टिरको काम ट्रान्जिट मेसिनेले गर्ने भएकाले प्रविधिको विकासलाई प्रयोग गर्दै अघि बढ्नुको अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले टिपरबाट आउने वालुवा तथा रोडाले सडक अतिक्रमण समेत भइरहेको बताउँनुभयो । त्यस्तै रोडा तथा वालुकाकै कारण सहरमा ढलहरु समेत बन्द हुदै गएको समेत बताउनुभयो । उहाँले वालुवा तथा रोडाकै कारण वातावरणिय सैन्दर्यतालाई समेत असर पुर्यारहेको बताउनुभयो ।

उहाँले भत्तपुरमा सञ्चालन भएको अरनिको राजमार्ग सफाई अभिययान तथा हनुमन्ते नदी सफाईको अभियानले जनचेताको विकास गरी केही मात्रामा ुदर्घटना न्युनिकरण भएको बताउँदै सडक निर्माणको साथसाथै सडक सैन्दर्य, सडक सरसफाई, धुलो, हिलो लगायतलाई व्यवस्थापन गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्