अदालतभित्रै बलात्कारको बयान फेर्न ५ लाख, बैठक नै नबसी २० लाख झ्वाम् ! (भिडियो) सहित


 


काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’ को आज ३३९ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । यसका साथै कार्यक्रममा विभिन्न विषयमा विशेष ब्यक्तित्वहरुसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।

कार्यक्रमको आजको एपिसोडमा निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. बलात्कृत महिलाको झोलामा अदालत भित्रै कर्मचारीले हाले ५ लाख !
चितवन । चितवनमा एक महिलाले आफू माथि बलात्कार भएको र बलात्कारको घटना लुकाउन आफूलाई आर्थिक लेनदेन गर्न दबाब दिई जबरजस्ती पैसा झोलामा हालिदिएको भन्ने गुनासो कार्यक्रम ‘सीधाकुरा’मा गरिन् । उनको गुनासो बुझन् चितवनका टिभि जर्नालिष्ट प्रकाश सिग्देल चितवन जिल्ला अदालत पुगे ।

२. वडा कार्यालयको बैठक नै नबसी २० महिनादेखि बैठक भत्ता लिदै !
काठमाडौं । काठमाडौं महानगरपालिका वडा १ का जनप्रतिनिधि बैठक नै नबसी भत्ता बुझ्ने गरेको भेटिएको छ । कामपा १ का वडा अध्यक्ष भरतलाल श्रेष्ठकै नेतृत्वमा बैठक नै नबसी २० महिनाको बैठक भत्ता स्वरुप करिब १३ लाख रुपैयाँ लिएका छन् ।

वडा १ वडा सदस्य मीना सुनुवारका अनुसार उनी निर्वाचित भएपछि अहिलेसम्म एक पटक पनि औपचारीक बैठक भएको छैन । तर हरेक महिनामा ४ दिन बैठक भएको भन्दै उनलाई माइन्युटमा हस्ताक्षर गर्न भन्दै वडा कार्यालयमा बोलाइन्छ ।

३. दैलेखमा ३० वर्षदेखि अलपत्र सिंचाई आयोजना, कामदारले पाएनन् पसिनाको मूल्य
दैलेख । मझौला सिंचाई आयोजना अन्र्तगत दैलेखको रावतकोट सिंचाई आयोजनाको काम सुरु भएको ३ दशकभन्दा बढी भइसक्दा पनि योजना सम्पन्न भएको छैन । सिंचाइ आयोजनाका काम गरेको कामदारले अहिलेसम्म ज्याला पाएका छैनन् ।

प्रकाशित मिति: २९ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्