दुविधा र भ्रम छाडेर गोलबद्ध होऔँ : प्रचण्ड


 


काठमाडौं फागुन १
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिष्टहरुले संसारलाई नै आश्चर्य पार्ने काम गरिरहेको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा बुधबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले नेपालका कम्युनिष्टहरुको गतिविधीले संसारले नेपाललाई ध्यानपूर्वक हेर्न बाध्य बनाएको बताए ।

उनले कम्युनिष्ट आन्दोलनमा संसदीय र सशस्त्र विद्रोह दुई धार रहेको बताउँदै कुनै समय कम्युनिष्टका दुई एक–अर्कालाई सिध्याउने र आफूमात्र स्थापित हुने प्रयास गरेको स्मरण गरे ।

कार्यक्रम अनुपस्थित रहेका नेकपामा अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली सरकारको एक वर्ष पुगेको अवसरमा नगरी नहुने कामको चापले कार्यक्रममा आउन नसकेको अध्यक्ष दाहालले प्रष्ट्याए । उनले दुबै अध्यक्षको समझदारीबाट देशभर जनयुद्ध दिवसमा शहिदको सम्मान गर्ने कार्यक्रम तय गरिएको पनि स्पष्ट पारेका थिए ।

पार्टी एकता ढिलो भएकोमा के होला भन्ने चिन्ता भइरहेका बेला भएको यो कार्यक्रमले केही दिनभित्र पार्टी एकता टुंग्याउने प्रेरणा दिएको समेत उनले बताए । नेकपा अध्यक्ष दाहालले दुविधा र भ्रम छाडेर गोलबद्ध हुन सबै कम्युनिष्ट घटकहरुलाई आह्वान गरे ।

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्