बर्ग संघर्षबाट मात्र परिवर्तन सम्भव – गृहमन्त्री


 


झापा फागुन १
बर्ग संघर्षबाट मात्र परिवर्तन गर्न सकिने गृहमन्त्री रामबहादुर थापा (बादल)ले बताउनु भएको छ । ‘जनयुद्ध’ तथा जन आन्दोलनका सहिदका सम्झनामा नेकपा झापाले बुधबार बिर्तामोडमा आयोजनाको गरेको श्रद्धान्जलि सभामा बोल्दै उहाँले जनताका आकांक्षाहरु र शहिदका सपनाहरु पुरागर्न बर्ग संर्घष आवस्यक रहेको बताउनु भएको हो ।

मन्त्री थापाले दुई पार्टी बीचको एकता पनि संर्घष बाटै प्राप्त भएको भन्दै विभिन्न खाले विचारलाई समेट्नुपर्दा एकता प्रक्रिया टुंग्याउन समय लागेको बताउनु भयो ।

अहिलेसम्म एकता प्रक्रिया टुंगोमा पुग्न नसक्नु पार्टीका विभिन्न खाले विचार बाधक बनेको उहाको दाबी थियो । कार्यक्रममा उपस्थित पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले पार्टी एकता प्रक्रिया टुंगोमा पुर्याउन ढिलो भएको भन्दै असन्तुष्टि जनाएका थिए ।

पार्टी एकताको प्रक्रिया प्रदेशमा आएर अड्केको भन्दै अहिले सोही विषय बाम एकताका ‘बैरी’हरुका निम्ति खुशीको कुरा भइरहेको मन्त्री थापाले बताउनु भयो ।

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्