‘पार्टीमा व्यक्ति सर्वेसर्वा हुँदैन’


 


महोत्तरी फागुन २ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा व्यक्ति नै सर्वेसर्वा नहुने बताएका छन् । उनले जनयुद्ध दिवस मनाउने पार्टीमा कुनै निर्णय नभएको पनि बताएका छन् ।

महोत्तरीमा पत्रकारसँग कुरा गर्दै उनले पार्टीमा व्यक्तिले ‘म सर्वेसर्वा भएँ’ जस्तै गरी निर्णय गर्ने छुट कसैलाई नभएको पनि बताए । पार्टी मुख्यालय र देशव्यापी रूपमा जनयुद्ध दिवस मनाइरहँदा नेता नेपालले भने यो दिवस मनाउनेबारे आपूmलाई कुनै जानकारी नभएको बताए ।

‘यो प्रचण्डजीको निजी निर्णय हो, यसबारे पार्टीमा केही पनि छलफल भएको छैन । पार्टीले निर्णय पनि गरेको छैन, त्यसैले हामी मान्दैनौँ,’ उनले भने । पार्टीमा कुनै निर्णय नभएको भन्दै नेता नेपालले भने,‘जनयुद्धको मात्र नभई सबै आन्दोलनका शहीदहरूको सम्मान गर्ने कुरामा फरक मत नभए पनि पार्टीले गर्ने कार्यक्रमको निर्णय लिने विधि प्रक्रिया हुन आवश्यक हुन्छ ।’

प्रकाशित मिति: २ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्