सरकारको एक वर्ष गफ हाकेर र उखान टुक्का भनेर बित्यो -देउवा


 


भक्तपुर फागुन ४
नेपाली कांग्रेस भक्तपुरले मध्यपुर थिमिको शंखधरचोकमा शुक्रबार आयोजित सभामा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको एक वर्ष गफ हाकेर र उखान टुक्का भनेर बितेको आरोप लगाउनु भएको छ । उहाँले भन्नु भयो देश समृद्ध हुनको लागि गफले सम्भव हुदैँन, जति सरकारले जतिपनि आधार बनायौँ, छिट्टै देशमा विकास हुन्छ भने पनि सरकारले गफ हाक्ने सिवाय विकासको लागि सिन्को नभाजेको बताउनु भएको छ ।

सरकारले आर्थिक समृद्धिको सपना देखाएपनि जनताले शान्तिको सास फेर्न नपाएको र नेकपा नेतृत्व सरकार आएपछि नै जनताको ढाड सेक्नेगरी महँगी, भ्रष्टाचार, हत्या हिंसा, बलात्कारजस्ता घटनामा बृद्धि भएको भन्दै सरकार सबै क्षेत्रमा असफल भएको बताउनु भएको छ ।

सरकारले ल्याएको ऐन कानुन संघीयता विरोधी भएको र सरकारले संघीयताको मूल मर्म विपरितअधिकार केन्द्रीकृत गर्ने गरी ऐन ल्याएको आरोप समेत लगाउनु भएको छ । सरकारले एकवर्षमा मुलुकको सार्वभौमसत्ता र स्वाधिनताको पक्षमा ठोस कार्य गर्न नसकेको बताउँदै बलात्कारीलाई र भष्ट्रचारीलाइ छुट दिएको आरोप लगाउनुभयो ।

प्रकाशित मिति: ४ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्