सेक्स’का बेला दीपिकाले पतिको लिङ्ग काटिदिइन्


 


लहान । सिरहाको लहानमा घरायसी विवादका कारण एक महिलाले आफ्नै पतिको लिंग काटी घाइते बनाएकी छिन् ।

लहान नगरपालिका वाडा नम्बर ३ डगराहा टोलमा १८ वर्षीय दीपिका कुमारी महतोले आफ्नै श्रीमानको लिङ्ग र अण्डकोष काटेर घाइते बनाएकी हुन् ।

लहान ३ बस्ने सुनिल कुमार महतो र दीपिका कुमारी महतोबीच गत वैशाख २२ गते सिरहा धनगडीमाई नगरपालिका सिमरटोकीमा मागी विवाह भएको थियो ।

घरायसी विवादका कारण मंगलबार राति शारीरिक सम्पर्क गर्ने क्रममा २६ वर्षीय महतोलाई पत्नी दीपिकाले लिंक काटेर घाइते बनाएकी हुन् । घाइते महतोको लहानमा उपचार भइरहेको छ ।

दीपिकालाई इलाका प्रहरी कार्यलय लहानले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय लहानका डीएसपी राजकुमार केसीले जानकारी दिए ।

प्रकाशित मिति: ४ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्