इटहरीका मेयरको पटक -पटकको ताकेता पछि मर्मत हुनेभयो टयाङग्रा खोलाको पूल


 


इटहरी, फागुन ४

इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले पटक पटक ताकेता गरे पछि इटहरीको टयाङग्रा खोला पूल मर्मत हुने भएको छ । संघीय सरकार अन्र्तगतको सडक डिभिजन कार्यालय विराटनगरले पूल मर्मतको काम दुई चार दिन भित्रैमा सुरु हुने मेयर चौधरीलाई जानकारी गराएको छ ।

मेयर चौधरीलाई इन्जिनियर दीपक झाले ढेक्का लागि सकेको हुनाले चाडै काम सुरु हुने वताउनुभएको हो ।  दिनमै सयौ सवारी साधन वारपार हुने महेन्द्रराजमार्गको इटहरीमा अवस्थित टयाँडग्रा खोलाको पूल जीर्ण वनेको धेरै भयो । दुवै पट्टि रेलिङभत्किएर विजोग भएको छ । पूलमा खाल्डैखाल्डा छन ।

स्थानीयहरु भत्किएर दुर्घटनाहोला भन्ने त्रासमा परेपछि मेयर चौधरीको सडक डिभिजन कार्यालयमा पटक पटक मर्मतका लागि ताकेता पछि काम सुरु हुन लागेको हो ।

करिव डेढ महिना अघि विराटनगरमा छलेन सडकको प्रगति वारे भएको गोष्ठिमा इटहरीका मेयर द्धारिकलाल चौधरीले त्यो पूल चाडो मर्मत गराउन सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराउनुभएको थियो । कार्यक्रममा सडक डिभिजन कार्यालय विराटनगरका प्रतिनिधिले महिना दिन भित्रमा मर्मत गरिसक्ने वताउनुभएको थियो ।

मुख्यमन्त्री शेरधन राई,आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की सहभागि कार्यक्रममा सडक डिभिजन कार्यालयले गरेको प्रतिवद्धता महिना दिनमा पूरा भएन । इटहरीका मेयरले विच विचमा पनि ताकेता गर्नुभयो ।

हिजो मात्र उहाँले पून ताकेता गर्दा भने ठेक्काको एग्रिमेन्ट भइसकेको जानकारी आएको हो । अव केहि दिन भित्रैमा पूल मर्मत थालिने इन्जिनियर दीपक झाले वताउनुभएको छ केहि दिनमा मर्मत सुरु नभए पून ताकेता गरेर मर्मत गराइने मेयर चौधरीले वताउनुभयोे ।

प्रकाशित मिति: ४ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्