काँग्रेस सांसद्लाई नेकपा सांसद्को चुनौती :आफैं गीत गाउनुस्, एक महिनाको तलब दिन्छु


 


काठमाडौँ, फागुन ६

पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीतको बहस संसदमा पनि प्रवेश गरेको छ । आज बसेको संसदको बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले जनताको गीत गाएको भन्दै २५ हजार दिने घोषणा गर्नुभयो ।

तर, नेकपाका सांसद झपट रावलले त्यसको काउन्टर गर्नुभयो । सुशील कोइरालाको सरकार भएको बेला ‘मलाई अमेरिका यही’ बोलको गीत गाएका शर्माले अहिले अज्ञानतामा यस्तो गीत गाएको टिप्पणी गर्नुभयो ।  विपक्षी सांसदले पुरस्कार दिने घोषणा गरेकोमा असन्तुष्ट उहाँले भन्नुयो, ‘तपाई आफैं त्यो गीत गाउनुस्, म एक महिनाको पाारिश्रमिक दिन्छु ।’ अनलाईन खबरबाट

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्