नेकपाको कार्यदलद्वारा थप कामका लागि समय माग


 


काठमाडौं, फागुन ६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संगठनिक एकता टुंगो लगाउन गठित कार्यदलको म्याद थप गर्नुपूर्व सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा कार्यदलले प्रतिवेदन पेश गरेको छ । कार्यदलले थप कामका लागि समय मागेको छ ।

कार्यदलले लामो समय लिँदा पनि विधान बाहेकका विषयमा सहमति जुटाउन सकेन । बैंठकले कार्यदलका सबै सदस्यलाई फागुन–९ गते बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्