अब वैदेशिक रोजगारीका गुनासो सुन्न मोवाइल एप्स

काठमाडौं फागुन ९
परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले बुधबारदेखि ‘नेपाल कन्सुलर मोबाइल एप्स’ सेवा सुरु गरेको छ । उक्त एप्स मार्फत विदेशमा समस्यामा परेका नेपालीका परिवारले अब मोबाइलबाटै निवेदन दिन सक्ने छन् । यसले कन्सुलर सेवाको लागि निवेदन दिन काठमाडौं आउनुपर्ने वाध्यता हटाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बुधबारभन्दा पहिले शव झिकाउन, वेपत्ताको खोजतलास गर्न, क्षतिपूर्ति र अन्य गुनासाका निवेदन दिन कन्सुलर कार्यालय आउनुपर्ने वाध्यता रहेको थियो । अब मोवाइलबाटै ती काम हुने कन्सुलर विभागका महानिर्देशक गिहेन्द्रराज भण्डारीले जानकारी दिए ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बुधबार एप्सको उद्घाटन गरेका हुन् । त्यस अवसरमा उनले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने सरकारको प्रयास अनुसार यस्तो एप कार्यान्वयनमा ल्याइएको बताए ।
प्रकाशित मिति: ९ फाल्गुन २०७५, बिहिबार