दुर्घटनामा घाइते प्रदेश सांसद ओलीकाे निधन


 


काठमाडाैं फागुन १०
प्रदेश ५ का प्रदेशसभा सांसद उत्तरकुमार ओलीको निधन भएको छ। केही दिन पहिले दाङमा भएको कार दुर्घटनामा गम्भीर घाइते भएका सांसद ओलीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

सांसद ओली दुर्घटना भएको १६ दिनसम्म कोमामै रहेका र उपचारको क्रममा शुक्रबार बिहान ३ बजे निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।

दाङको तुलसीपुरबाट विरगञ्जतर्फ जाँदै गरेको ना५ख ५५२९ नम्बरको बस र लमहीबाट घोराहीतर्फ आउँदै गरेको बा१८च ६८३६ नम्बरको ओली सवार कार घोराही उपमहानगरपालिका-३ अन्तर्गत मुसोटको चिसापानी नजिक बेलुकी अपरान्ह करीब ४ बजे एकआपसमा ठोक्किएर दुर्घटना हुन पुगेको थियो।

सांसद ओली दाङ क्षेत्र नम्बर ३ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: १० फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्