सरकारी चिकित्सकद्वारा आज आकस्मिक बाहेकका सेवा बहिष्कार


 


काठमाडौं फागुन १०
आन्दोलनरत सरकारी चिकित्सकले आज आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन् । कर्मचारी समायोजन प्रक्रियाविरुद्धमा असन्तुष्ट चिकित्सक आज उपचारमा सग्लन नभएका हुन् ।

बिहीबार सरकारसँग भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि उनीहरुले पूर्वघोषित आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका हुन् । आन्दोलनकै कार्यक्रम अन्तर्गत चिकित्कसहरुले आज माइतीघर मण्डलामा प्रदर्शन समेत गर्दैछन् ।

आन्दोलनरत चिकित्सकहरुले सरकार आफ्ना माग पुरा गर्न संवेदनशील नभएको आरोप लगाएका छन् । सरकारी चिकित्सकको आन्दोलनमा नेपाल चिकित्सक संघले पनि ऐक्यबद्धता जनाएको छ ।

संघले प्रेस विज्ञप्ती प्रकाशित गर्दै मागहरु अविलब्ब सम्वोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । संघले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यारत चिकित्सकहरुलाई राज्यले मानमर्दन गर्ने, वेवास्ता गर्ने कार्य दुर्भाग्य पूर्ण रहेको उल्लेख गरेको छ ।

सरकारी चिकित्सकहरु आफूहरुलाई संघ अन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा खटाउन माग गर्दै आन्दोलनमा छन् । देशभर १४ सयको हाराहारीमा सरकारी चिकित्सकहरु कार्यरत छन् ।

प्रकाशित मिति: १० फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्