नेकपाको एकताका लागि यस्तो छ तयारी

काठमाडौं, फागुन १०
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ । पार्टी एकता टुंग्याउन गठन गरिएको कार्यदलका विषयमा निर्णय लिन विहान ९ बजे बोलाइएको बैठक केही बेर अघिमात्र शुरु भएको हो ।
सचिवालय बैठकले कार्यदलको समय थप्ने या नथप्ने भन्नेबारे निर्णय लिने बताइएको छ । यसैगरी एकतालाई कसरी चाडो भन्दा चाडो टुंगोमा पु¥याउने भन्ने विषयमा पनि थप निर्णय हुने नेताहरुले बताएका छन् । कार्यदलले बाँकी काम टुग्याउन दिए पुनः एक सातामा सकिने भन्दै समय माग गरेको छ । पटक पटक समय थप्दा पनि कार्यदलले पार्टी एकताको खाका ल्याउन सकेको छैन ।
बैठकमा कार्यदलको म्याद थप गर्ने वा नगर्ने तथा अब कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल हुने सचिवालय सदस्य समेत रहनुभएका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो । पटक–पटक म्याद थप्दा पनि कार्यदलले अन्तिम प्रतिबेदन दिन नसकेपछि नेकपामा तल्लो कमिटिको एकता प्रक्रिया अन्योलमा पर्दै गएको छ ।
प्रकाशित मिति: १० फाल्गुन २०७५, शुक्रबार